नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा
काठमाडौं, १८ असार । नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ ।
मलेसियामा भइरहेकाे बायोमास ओभल क्रिकेट मैदानमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
जितका लागि १८५ रनको लक्ष्य पछ्याएको सिंगापुरले ३१.३ ओभरमा ८७ रनमा अलआउट भए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाए ।
नेपालका लागि कात्तिक कामतले ३ विकेट लिए । त्यस्तै सूर्यांशु कोइरालाले ४३ रन बनाए भने निरजकुमार यादव चौथो विकेटका रुपमा ४२ रनमा आउट भए । कप्तान अभिषेक तिवारी २५ रनमा आउट भए ।
नेपालले भोलि मंगलबार फाइनलका लागि घरेलु टोली मलेसियासँग खेल्ने छ ।