मूल्य समायाेजन भएसंगै घट्यो, पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं, । मूल्य समायाेजन भएसंगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार बसेकाे आयल निगमकाे बैठकले मूल्य समायाेजन भएसंगै पेट्रोलियम पदार्थको मूल्य घटाएको हाे ।
निगमले आजै राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल/मट्टितेलमा मूल्य घटाएको छ । निगमले पहिलो, दोस्रो तथा तेस्रो वर्ग गरेर क्रमशः ७ रूपैयाँ ५० पैसा, ६ र ५ रुपैयाँले मूल्य घटाएको जनाएको छ ।
निगमलेआन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १४ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १५ रुपैयाँले घटाइएको छ ।
मूल्य घटाएसँगै अब पेट्रोल १६७.५ देखि १७० रुपैयाँ प्रतिलिटरमा पाइनेछ । जसमा पहिलाे वर्गअन्तर्गत चारआली, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी पर्दछ । त्यस्तै, दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा तथा दिपायल पर्दछन् ।