त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट सुन तथा हिरासहित एक जना पक्राउ
काठमाडौं,३१ असार । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल काठमाडाैंबाट सुन तथा हिरासहित एक जना पक्राउ परेका छन् ।
बिमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको ७ सय ७० ग्राम सुन र हिरा सि+ ५४ ग्राम ७५ मिलिग्रामसहित नेपाली मुलका अष्ट्रेलियन नागरिक ५५ वर्षीया अभया विश्वकर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।
मलेसियन एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट मलेसिया हुँदै अष्ट्रेलिया जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा उनले बोकेको झोलाभित्र अबैध रुपमा लुकाई छिपाई भन्सार छली गरी बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा उक्त सुन तथा हिरा फेला परेको प्रहरीले जनाएकाे छ ।