एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान, कार्यबाहकको जिम्मेवारी पोखरेल र नेम्वाङलाई

काठमाडौं, ३ साउन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गर्नुभएको छ। पार्टीको कार्यवहाक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र संसदीय दलको नेताको जिम्मेवारी उपाध्यक्ष सुवास नेम्वाङलाई दिएर उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । कम्बोडियामा हुने निर्वाचन पर्यवेक्षणका लागि उहाँ त्यसतर्फ जानु भएको हो ।
अध्यक्षको भ्रमणदलमा उपमहासचिव विष्णु रिमाल, धर्मपत्नी राधिका शाक्य र सचिवालयका अन्य सदस्य सहभागी छन् ।