रोल्पामा चट्याङले वडा सदस्यको मृत्यु

रोल्पा, ५ साउन । रोल्पामा गए राति परेको चट्याङले वडा सदस्यको मृत्यु भएकाे छ ।

सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडासदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको चट्याङमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक घर्तीमगर आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङमा परेको उक्त कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिनुभयो ।

चट्याङमा परी अन्य ठाउँका केही व्यक्ति पनि घाइते भएकाले त्यस स्थानतर्फ प्रहरी जाँदै गरेको उहाँले बताउनुभयोे ।