विश्वकप छनोटमा नेपालले लाओससँग खेल्ने
काठमाडाैं, ११ साउन । फिफा विश्वकप फुटबल र एएफसी एसियन कप २०२७ को एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओस संग खेल्ने भएकाे छ ।
मलेसियाको क्वालालम्पुरस्थित एसियाली फुटबल महासङ्घ (एएफसी) को मुख्यालयमा आज सार्वजनिक भएको खेल तालिका अनुसार नेपालले दोस्रो चरणमा प्रवेश गर्न लाओससंग खेल्ने पक्का भएको हो ।
नेपालले लाओससँग होम एन्ड अवे गरी दुई खेल खेल्नेछ । आगामी अक्टोबरमा हुने दुई लेगको छनोटको पहिलो लेग अक्टोबर १२ तारिखमा हुनेछ भने दोस्रो लेग अक्टोबर १७ तारिखमा हुनेछ ।
यस खेलमा नेपालले विजयी हासिल गरेमा दोस्रो चरणमा प्रवेश गर्नेछ । फिफा विश्वकप छनोटमा विभिन्न ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै एसियन कप छनोटमा भने २४ राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ । विश्वकप फुटबल र एएफपी एसियन कप छनोटको पहिलो चरणमा विभिन्न २० राष्ट्रले खेल्नेछन् ।