एमालेसँग सम्बन्ध विगार्दा संविधान कार्यान्वयन हुन सक्दैनः जोशी

nabindra-raj-Joshi-
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् सांसद नविन्द्रराज जोशी एमालेलाई पनि साथमै लिएर अघि बढ्नु पर्ने बताउनुभएको छ । मैत्रीन्युजसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘हामी राष्ट्रिय चुनौतिका बीचमा उँभिएका छौँ । ती चुनौतिलाई चिर्न मुख्य गरेर ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीबीच सहमति हुन आवश्यक छ,’
उहाँले सहमतिमै संविधान जारी गरेको पनि स्मरण गराउनुभयो । ‘अब सहमतिमै संविधान कार्यान्वयनको चरणम पनि जानुपर्छ,’ उहाँले भन्नुभयो, ‘आन्दोलन जारी राखेका केही मधेस केन्द्रित दललनई पनि अब संविधान जारी गर्ने चरणतिर अग्रसर बनाउनुपर्छ । सरकार फेरवदलको खेलले जनता दुःखी भएको भन्दै उनले भूकम्प पीडितलाई राहत दिने, छिमेकसँगको सम्बन्धमा सुधार गर्ने, आर्थिक संवृद्धिलाई अघि बढाउने सबै कुरामा दलहरु एक ठाउँमा उभिनु पर्ने जिकिर गर्नुभयो । ‘भूकम्प पीडितलाई राहत दिने, आर्थिक संवृद्धिको दिशामा नेपाललाई अघि बढाउने जस्ता कुरामा कांग्रेस खुला दिलले सहयोग गर्न तयार छ,’ उहाँले भन्नुभयो, ‘तत्कालको अवस्थालाई हेर्दा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीबीच सहकार्य गरेर जाने संभावना निकै कम देखिएको छ । तर, सँधै यस्तो हुँदैन । हामी पनि सहमतिको प्रयासमा छौँ ।’
उहाँले नेपाली कांग्रेस भारतसँग मात्र होइन चीन र अरु देशसँग पनि असल सम्बन्ध राख्न चाहने भन्दै उहाँले नेपालको राष्ट्रहितलाई शीरमा राखेर अरु देशसँग पनि असल सम्बन्ध राख्नु पर्ने जिकिर गर्नुभयो । उहाँले परनिर्भरतालाई हटाएर आत्मनिर्भरतामा जोड दिनुपर्ने पनि दाबी गर्नुभयो। ‘हामी भारत वा अरु देशको मात्र भर पर्नुहुन्न,’ उहाँले भन्नुभयो, ‘आत्मनिर्भर बन्नुपर्छ । संविधान नेपाली जनताले बनाएको भन्दै नेपाली माटोको संविधानलाई कसैले पनि नराम्रो भन्न नसक्ने दाबी गर्नुभयो ।
साउन ११ गते