प्रधानमन्त्री ओलीलाई बानेश्वरदेखि बालकोटसम्म भव्य स्वागत

PM 4

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ बानेश्वरदेखि ओली निवास भक्तपुरको बालकोटसम्म भव्य स्वागत गरिदै छ । व्यवस्थापिका संसद्मा आज दिउँसो नयाँ प्रधानमन्त्री चयन पक्रियामा सहभागी भएपछि ओली त्यहाँबाट आफ्नो निवासतर्फ लाग्नुभएको छ । संसद् परिसर र बाहिर हजारौँ समर्थक तथा शुभचिन्तकहरुले ओलीका पक्षमा जय जयकार गरिरहेका छन् । नयाँ प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित भए पनि बाहिर जनसमुदायले वास्तविक प्रधानमन्त्री ओली नै भएको भन्दै उहाँको पक्षमा नाराबाजी गरिरहेका छन् ।

i am with kp1
प्रधानमन्त्री निवास बालुवाटार छाड्नु भएको छ । व्यवस्थापिका–संसद् बैठकले आजै नयाँ प्रधानमन्त्री निर्वाचित गरेपछि उहाँले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार छोड्नु भएको हो ।
प्रधानमन्त्री ओलीले सरकारी निवास छाड्नुअघि त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीसँग भलाकुसारी गरी सहयोगका लागि धन्यवाद दिनुभएको थियो ।
आज बिहान प्रधानमन्त्री ओलीले बालुवाटार हाताभित्र पिपलको बोटसमेत रोप्नु भएको थियो । निवास छोडेलगतै उहाँ व्यवस्थापिका–संसद् बैठकमा भाग लिन नयाँबानेश्वर जानुभयो ।
प्रधानमन्त्री ओली भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा सर्नुहुँदा स्वतन्त्र युवा अभियानको नेतृत्वमा उहाँका समर्थकहरुले नयाँबानेश्वरबाट स्वागत गर्दै बालकोट पु¥याउने प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिनुभयो ।

i am with kp
नयाँबानेश्वरबाट ओली निवास बालकोटसम्म उहाँलाई मोटरसाइकल तथा गाडीले स्कर्टिङ गरेर लैजाने तयारी गरिएको युवा सङ्घका पूर्व अध्यक्ष महेश बस्नेतले बताउनुभयो ।
बालकोट चोक र प्रधानमन्त्री ओली निवास अगाडिको चोकमा धिमे बाजासहित उहाँलाई भव्य स्वागत एवम् सम्मान गर्ने कार्यक्रम रहेको छ ।

i am with kp3

साउन १९ गते ।