ओलम्पिकको पहिलो स्वर्ण भर्जिनिया थ्रासरलाई

 

thrasher

रियो । ब्राजिलको रियो दि जेनेरियोमा ओलम्पिक खेलको औपचारिक रुपमा उदघाटन भएको छ ।

खेलको पहिलो स्वर्ण पदक अमेरिकाकी १९ वर्षीया भर्जिनिया थ्रासरले पाएकी छन् । उनले १० मिटर लामो महिलातर्फको एअर राइफल सुटिङमा डियोडोरो सुटिङ हलमा खेलकै पहिलो स्वर्ण पदक दिलाएर अमेरिकाका लागि महत्वपूर्ण सुरुवात गरेकी छन् ।

थ्रासरले चिनियाँ खेलाडी डुलीलाई अन्तिम चरणमा स्तब्ध पार्दै उपाधि चुम्न सफल भएकी हुन् ।

थ्रासरले जम्मा २०८ अङ्कका साथ पहिलो भएकी हुन् भने यस खेलमा कास्य पदक चीनकी डिफेन्डिङ च्याम्पियन यी सिलिङले पाएकी छन् ।