राजनीतिक दलहरु एकजुट हुनुपर्छ : सभामुख घर्ती

तुलसीपुर (दाङ), २७ साउन । सभामुख ओनसरी घर्तीले संविधानको सफल कार्यान्वयनका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताउनुभएको छ ।

आदिवासी जनजाति पत्रकार महाङ्सघ रोल्पाको १७ औँ स्थापना दिवसका अवसरमा आज रोल्पाको लिवाङमा आयोजित शुमकामना आदानप्रदान कार्यक्रममा उहाँले आफू कुनै राजनीतिक दल र क्षेत्रको भन्दापनि सिङ्गो नेपाल र नेपाली जनताको विकास निर्माणको कार्यभार लिएर अगाडि बढेको बताउनुभयो । संविधानमा छुटेका विषयलाई संशोधन गरेर लैजान सकिने उहाँको भनाइ छ ।