साझा मन: सहजीवन — मनु ब्राजाकी

maitrinews

 

manu
आँखा जतातिर थिए, दृष्टि त्यता थिएन । आँखाले देखेको दृष्टिद्वारा, भनूँ अन्तर्दृष्टिद्वारा नै आफ्नो समग्रता प्रस्टिन्छ । कल्पनाशक्ति र अन्तर्दृष्टिद्वारा नै अदृश्यलाई व्यक्तिले देख्ने गर्छ । अन्यथा आँखासामु जे छ, त्यो यथार्थ हुन सक्छ, सत्य हुँदैन ।

अहिले ऊसामु ३१र३२ वर्षीया शारदा बसेकी छे । ऊ आफ्नो सम्पूर्ण कल्पनाशक्ति र अन्तर्दृष्टिसाथ हेरिरहेछ । शारदाले उसको कोठामा पस्नासाथ भनेकी थिई, ‘मेरो श्रीमान् आउनुभो, अब म आउन सक्तिनँ ।’ कल्पनाशक्ति अनुभवमा आधारित हुन्छ । अन्तर्दृष्टिको त कुनै व्याख्या नै छैन । ऊ यसै गरी शारदालाई हेर्दै–सोच्दै छ ।

ऊ यस घरमा बहालमा बसेको हो । शारदा घरकी प्रमुख महिला अर्थात् घरमूलीकी पत्नी । घरमूली दाजुभाइ छन् । शारदाकी २८ वर्षे देउरानी अनुपमा पनि छे । यस घरका दाजुभाइका दुई बहिनी पनि छन् । शारदा र अनुपमाका दुई नन्द । जेठी नन्द २४ वर्षीया सविताको बिहे भइसक्या छ, एउटी छोरी पनि भइसक्या छ तापनि ऊ सातामा एक–दुई दिन माइती आउँछे, बस्छे, जान्छे । कान्छी नन्द २० वर्षीया रमिला कलेज पढ्दै छे । घरमा केटा–केटी छैनन् । सातामा एक–दुई दिनका लागि सविता यस घरमा आउँदा उसकी दुई वर्षे छोरीको बालसुलभ हास्यररोदनले घर गुञ्जायमान हुन्छ । त्यसबेला उसलाई पनि लाग्छ, बल्ल यो घर घरजस्तै भयो ।

ऊ यस घरमा बहालमा बस्न थालेको एक वर्ष मात्र भएको छ । यसबीच यस घरका दाजुभाइसित उसको तीन–चारपटक मात्रै भेट भएको छ । शारदाबाट थाहा पाएको यत्ति हो, उसको लोग्ने र देवर टाढा कतै जिल्लातिर ठेक्कापट्टा गर्छन् र धेरैजसो त्यतै बस्छन् । होला, उसले चासो राखेको पनि छैन । राख्नुपर्ने अवस्था आइपरेको पनि छैन । किनभने, घरमूली वस्तुतस् सुगृहिणी शारदा नै हो । उसको लोग्ने र देवर त कहिलेकाहीँ बास बस्न आउने पाहुनाजस्ता लाग्छन् । बहाल बुझाउनुदेखि लिएर धारा–पानी–बिजुली इत्यादि जेजस्तो समस्या परे पनि शारदाबाट नै समाधान हुन्छ । शारदा नहुँदा अनुपमाबाट समाधान हुन्छ । अनुपमा नहुँदा रमिलाबाट समाधान । रमिला नहुँदा र सविता माइती आएका बेला सविताबाट पनि समाधान ।

४० वर्षीय ऊ अविवाहित । आफैँ पकाउँथ्यो, खान्थ्यो, अफिस जान्थ्यो । बहालमा बसेको तीन महिनापछि सुगृहिणी शारदाको आग्रहले गर्दा उसले पेइङगेस्टका रूपमा उनीहरूको भान्सामा खान थाल्यो । यसप्रकार उसले पहिलोपटक बहालमा होइन, घरमा छु भन्ने अनुभव गर्‍यो । यो अनुभव ऊजस्तो अनाथका लागि सर्वथा नौलो थियो । अनि, ऊ यस घरकी दुई भद्र गृहिणी, यौवनसुलभ चञ्चलता बोकेकी एक युवती र यदाकदा माइती आउने चेलीको आत्मीय र आदरणीय हुन पुग्यो । यस घरको व्यावहारिक कार्यदेखि यावत् समस्याहरूको अभिभारा उसले प्रसन्नतापूर्वक वहन गर्न थाल्यो । ऊ यी सबैको नितान्त आज्ञाकारी, विनम्र र स्नेहशील गृहपुरुषका रूपमा स्थापित भयो । ऊजस्तो बाल्यकालदेखिको अनाथ व्यक्तिका लागि यो स्नेह, आत्मीयता र गृहसुख अनिर्वचनीय थियो । तर, आफ्नो विगत जीवनको मुक्तविहंगजस्तो पीडाकर सुखले भने कहिलेकाहीँ उसलाई सोचनीय बनाउँथ्यो । यद्यपि, गृहसुखमा उसलाई कुनै बन्धन थिएन ।

सौम्य र भद्र सुगृहिणी शारदाले फेरि भनी, ‘किन वाल्ल परेर हेरिराख्नुभाको रु सुन्नुभएन, मेरो श्रीमान् आउनुभो, अब म आउन सक्तिनँ । म पर नसरेको आज २५ दिन भइसक्यो ।’
‘यो समस्या हो रु’ उसले विनम्रतापूर्वक सोध्यो ।

‘हैन, समाधान हो ।’ शारदाले प्रसन्न मुद्रामा जवाफ दिई ।
उसको दृष्टि यथार्थपछिको सत्यसम्म पुग्यो, विचलित भयो । शारदा गएपछि २८ वर्षीया अनुपमा आइपुगी । चुपो लागेर बसिरही । अनुपमाको सौन्दर्यमा कताकता मुजा परेको देख्यो । अर्थात्, उसको दृष्टि अहिले यथार्थमा केन्द्रित छ ।

मुजा परेको विचलित सौन्दर्यले बिस्तारो भनी, ‘मेरो श्रीमान् आउनुभो अब म आउन सक्तिनँ ।’
‘किन रु’

‘श्रीमान् आउनुभो अनि म पर नसरेको आज १५ दिन भइसक्यो । ’ सरलहृदया अनुपमाले संकोचपूर्ण भनी ।

‘यो समस्या हो रु’ ऊ विनम्र भयो ।
‘हैन, समाधान हो ।’ अनुपमा प्रसन्न भई ।

उसको दृष्टि सत्यसम्म पुग्यो, विचलित भयो । अनुपमा गएपछि आफ्ना दाजु भेट्न माइती आएकी सविता आइपुगी । उसको घर आडैको टोलमा पर्छ । आडैमा प्रेम भयो, आडैमा प्रेमविवाह भयो । अतस् माइती आउनरजान सहज भयो । ऊ आएर छोरी उसको काखमा राखिदिई । अनि, निकै बेरसम्म चुपो लागेर बसिरही । सविताकी दुई वर्षे छोरीलाई निकैबेर प्रेमपूर्वक खेलाउँदै रह्यो । ऊ नै मुखर हुनुपर्‍यो ।
‘के भो रु’

‘मेरा दाजुहरू आउनुभो, अब म उहाँहरू नफर्कुन्जेल आउन सक्तिनँ ।’ प्रेमल सविता किञ्चित गम्भीर र उदास भई ।

‘बैनीको बिहेदान गरिसकेपछि पनि दाजुभाइहरूले चियोचर्चो गर्नुपर्छ र रु’
‘परम्परा हो ।’
‘कस्तो परम्परा रु’
‘सनातन, चलिआएको ।’

‘म यहाँ आएको एक वर्ष भयो । हाम्रो स्नेह र मित्रता पलाएको ६ महिना भयो । भन, कहिलेदेखि चलिआएको थियो यो सनातन ।’ उसले पुनस् सवितालाई मुक्त गर्न खोज्यो ।

‘के गर्नु, सनातन भनेको यस्तै रहेछ, आफू जन्मेको घर माइती भइदिँदो रहेछ । लोग्ने जेलर र लोग्नेको घर कारागार हुँदो रहेछ, जहाँ सुरक्षालगायत सबै पाइन्छ तर स्वतन्त्र भएर बाँच्न–मर्न पाइँदैन ।’
‘सविता, तिमीले त प्रेमविवाह गरेकी हैन र रु’

‘हो, प्रेम–विवाहमा प्रेम क्षणिक मुक्ति भएको थियो भने विवाह स्थायी कारागार भएको छ । प्रेमी मुक्तिदाता भएको थियो भने लोग्ने गृहिणीको सुरक्षाकर्मी भएको छ ।’

‘त्यसो भए रु’
‘त्यसै हुनाले म विवाहपश्चात् विवाहपूर्वको प्रेम खोज्दै छु ।’ सविताका आँखा रसिला भए ।
‘कहाँ रु’
‘जहाँ पाइन्छ, जता पाइन्छ, जसलाई मनले साझा मान्छ ।’
सविताका भरिला आँखा आँसुले
अझै भरिए ।
‘म को हुँ रु’ ऊ ।
‘हाम्रो साझा १’ सविता ।

अब मौन उपस्थित भयो, लम्बियो । उसको मौनले सविता विचलित हुन थाली । ऊ आफ्नो दृष्टि र अन्तर्दृष्टिका साथ घोरिँदै छ । यथार्थ र सत्यको द्वन्द्वमा पिल्सिँदै छ । यन्त्रवत् सविताकी छोरीलाई काखमा खेलाउँदै छ । सविताले धेरै बेरसम्म उसको मौन सहन नसकेर भनी, ‘शान्ति–सुरक्षाको खोरमा हामी यसै गरी बाँच्न बाध्य छौँ, सबै यसै गरी बाँचिरहेछन् । फरक– साझा ज्ञानको र एकलौटी अज्ञानको १’

‘यो समस्या हो रु’
‘हैन समाधान हो ।’ सविता प्रसन्न हुने प्रयत्न गरी ।

उसको दृष्टि सत्यसम्म पुग्यो, विचलित भयो । सविता छोरी बोकेर गएपछि रमिला आइपुगी । उसको यौवन गुरुत्वपूर्ण थियो । चञ्चलता अलि मत्थर थियो । आँखाको विद्युतीय चहक किञ्चित धूमिल थियो र ओष्ठसम्पुट दृढतापूर्वक बन्द थिए । सुपठित र बुद्धिमती रमिलाको यस्तो परिवर्तित अवस्था देखेर उसले चिन्तित हुँदै सोध्यो, ‘के भयो रु’

‘दाजुहरू आउनुभयो, अब म आउन सक्तिनँ ।’
‘किन रु तिमी पनि पर नसरेको अवस्थामा पुग्यौ कि क्या हो रु’
‘के म त्यति नादान र लाटी छु र रु’
‘छैनौ । अनि, के विचार छ रु’
‘सोच्दै छु, प्रेम गरूँ, विवाह नगरूँ ।’
‘किन रु’
‘सविता दिदीको दुस्ख देखिहाल्नु भो ।’
‘देखेँ । तर, सविताले प्रेम र आत्मीयताका क्षण जताबाट भए पनि बटुलेर सहज र स्वाभाविक रूपले बाँच्न सिकिसकी ।’

‘हो, तपाईं नै हाम्रो जीवनको साझा आत्मीय अवलम्ब हुनुभयो । तपाईंकै उदारता र स्नेहले यस घरमा ठूलो परिवर्तन आएको छ । दाजुहरू फर्कनुहुन्छ कि हुन्न, मलाई थाहा छैन । असंख्य पुरुषहरू यस समाज र दुनियाँमा छरिएका छन् । तर, तिनीहरूसम्म पुग्न त्यति नै असंख्य तगाराहरू पनि तेर्सिएका छन् । विवश नारीले निकटतम्को सहारा प्राप्त गर्नु उसको बाध्यता भएको छ । यस अर्थमा हामी तपाईंप्रति कृतज्ञ हुनैपर्छ ।’ रमिलाले भनी ।

‘यो समस्या हो रु’ ऊ विनम्र भयो ।
‘हैन, यो नै समाधान ।’
उसको दृष्टि यथार्थपछाडिको सत्यसम्म पुग्यो । विचलित भयो । रमिला गएपछि चिन्तनमा भुमरिन थाल्यो । उसको अन्तर्दृष्टिले अनेकौँ अकल्पनीय दृश्य देखिरहेछ । घरि विगत, घरि वर्तमान र घरि भविष्य कल्पनामा प्रस्टिन्छ ।

ऊ अनाथालयमा हुर्कियो । कठोर परिश्रमद्वारा उच्चशिक्षा पूरा गर्‍यो । अपमानित र प्रताडित हुनु उसको नियति नै भएको थियो । अतस् ऊ सर्वथा भिन्न मानसिकता, चरित्र र व्यक्तित्वको मान्छे थियो । उसले प्रेम जानेन, वात्सल्य जानेन, ममता जानेन र विवाह गरेन । तर, आत्मीयता र मित्रताले भने उसलाई अभिभूत पाथ्र्यो । यस्तो बेला उसलाई लाग्थ्यो, संसारमा आत्मीयता र मित्रता नै एकमेव जीवनीय ऊर्जा हो । यही ऊर्जाद्वारा नै समस्त संसार गतिशील, स्पन्दनशील र ऊर्जाशील छ ।

यस घरकी शारदा, अनुपमा, रमिलालगायत सवितासमेत उसमा आफूलाई पाउँछन् । तर, ऊ कसैमा आफूलाई पाउँदैन । माया, प्रेम, प्रीति भन्ने स्वार्थयुक्त कुरा उसले कहिल्यै जानेन, मानेन । तर, उसलाई सुसंस्कृत परिवारको मैत्रीपूर्ण व्यवहारले बाँधिरहेछ । स्त्री–पुरुषको सहज र स्वाभाविक सम्बन्धले उसलाई छेकिरहेछ । दुई दिनसम्म चिन्तनको भुमरीमा पर्दा उसले अनुभव गर्दै छ, घरको ढोकामा पहिलो तगारो रमिला, दोस्रो तगारो सविता, तेस्रो तगारो अनुपमा र चौथो सबैभन्दा सुदृढ तगारो बनेर शारदाले उसलाई थुनेका छन् । ऊ मुक्त हुन चाहन्छ । किनभने, शारदा र अनुपमाका पति आइपुगेका छन् । अब यहाँ बस्नु ठीक छैन । तेस्रो दिन बिहानै उठेर उसले गुन्टा कस्यो, सुटकेस मिलायो, पुस्तकरपत्रिका झोलामा हाल्यो र हिँड्न तयार भयो । ७ बजेछ । तर, उसलाई ७० बजेजस्तो लाग्यो । यसैबेला ढोका घरक्क उघ्रियो । दुई पुरुष साधिकार भित्र पसे । ऊ भय र विस्मयले भूजडित भयो । शारदाको लोग्नेले गुन्टा, सुटकेस र झोलातिर हेर्दै सोध्यो, ‘तपाईं जान थाल्नुभएको हो रु’

‘तपाईंहरूलाई कति दुस्ख दिनु भनेर अब म जाँदै छु ।’
‘कहाँ रु’ दुवै दाजुभाइले एकसाथ सोधे ।
‘अर्को डेरा नपाउन्जेल लजतिर बस्नुपर्ला ।’
‘तपाईंलाई यहाँ केही दुस्ख भयो रु’ यसपटक पनि दुवैले एकसाथ सोधे ।
‘छैन, केही दुस्ख भएको छैन ।’
‘डेराभन्दा घर राम्रो हैन र रु’ दुवैले फेरि एकसाथ सोधे ।
‘शारदासित सोध्नु भो रु’ शारदाको लोग्नेले सोध्यो ।
‘सोध्या छैन ।’
‘अनुपमासित सोध्नु भो रु’ अनुपमाको लोग्नेले सोध्यो ।
‘छैन ।’

एकछिन कोठामा मौन व्याप्त भयो । अनि, शारदाको लोग्नेले गम्भीर स्वरमा भन्न थाल्यो, ‘हेर्नूस्, यस घरपरिवारका हामी सबै सदस्यले मिलेर एउटा निर्णय गर्‍यौँ ।’ शारदाको लोग्ने पलङनेर पुग्यो र गुन्टा छिटोछिटो फुकाउन थाल्यो । सम्भवतस् ढोकाबाहिर बसेर सुनिरहेका शारदा, अनुपमा, सविता र रमिला भित्र पसेर सुटकेस र झोलाहरू खोलेर सबै सरसामान यथास्थानमा सजाउन–मिलाउन थाले ।

‘हेर्नूस्, शारदा र अनुपमा मात्र होइन, रमिला पनि दुई जीउकी भइसकिछे । यी सबैको हेरविचार अब तपाईंले गर्नुपर्छ । हामी दाजुभाइलाई आफ्नो काम–व्यवहारले टाढा जानुपर्छ ।’ उसले बुझ्यो, पारिवारिक छलफलमा रमिलाले आफू दुई जीउकी भएँ भनेर झूटो बोलिछे । तर, शारदा र अनुपमाले त सत्य नै बोले होलान् किनभने यथार्थ स्पष्ट छ ।

‘हेर्नूस्, यो घर तपाईंको हो । अब तपाईं पनि यस घरको सदस्य हुनुहुन्छ । तपाईं अब कतै जान पाउनुहुन्न । धेरै नभौँतारिनूस् ।’ शारदाको लोग्नेको कुरा सुनेर ऊ छक्क पर्छ । आत्मीय सदाचार देखेर नतमस्तक हुन्छ । घरका प्रत्येक सदस्यलाई अँगालो मारेर घ्वाँघ्वाँ रुन मन लाग्छ ।

तर, नतमस्तक भएको उसले त हात पो जोरिरहेको रहेछ र सम्मुख उभिएकी थिई, शारदा १