सरकारले काम दिन नसकेपछि एक साताका लागि संसद् स्थगित, संविधान कार्यान्वयनको मुद्दा ओझेलमा

maitrinews

 

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काठमाडौँ । सरकारले पूर्णता पाउनमा भएको ढिलाइका कारण संसद् कामकाजविहीन भएको छ । मन्त्रिपरिषदको अपूर्णता र बेवास्ताका कारण संसदको आइतबारको बैठक सरकारी कार्यसूचीबिना नै बस्यो । संसदीय अभ्यासमा सदनलाई बिजनेस दिने दायित्व सरकारको भएकाले उसको कार्यसूचीबिना बैठक नै बस्दैन । संसदको आइतबारको कार्यसूचीमा सभामुखले संसदका विषयगत समितिका सदस्यहरूको नाम थप गर्नेमात्रै थियो ।
पूर्ववर्ती सरकारमा मन्त्रिपरिषदमा रहेकालाई विषयगत समिति तोक्ने औपचारिकता पूरा गरेपछि सभामुख ओनसरी घर्तीले अर्को एक साताका लागि संसद् बैठक स्थगित गर्नुभयो । ‘संविधान कार्यान्वयनका सम्बन्धमा महत्त्वपूर्ण कानुन निर्माणको एजेन्डा अगाडि बढाउन सरकारले तदारुकता देखाउनुपर्छ,’ सभामुख घर्तीले भन्नुभयो, ‘सरकारले कार्यतालिका बनाएर काम अघि बढाओस् भन्ने विषयमा मैले प्रधानमन्त्री र कानुनमन्त्रीसँग कुराकानी गरेकी छु ।’
भदौ ६ गते ।