एमालेव्दारा दुःख व्यक्त

 

काठमाडौँ । नेकपा एमालेले लोकप्रिय गायक खेमराज गुरुङको असामयिक निधनबाट पार्टी स्तब्ध भएको जनाएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा आज यहाँ जारी शोक वक्तव्यमा आम मानिसलाई छुने भाका र शब्दमा गीत गाएर अत्यन्त लोकप्रिय हुनुभएका कलाकार गुरुङको असामयिक निधनले मुलुकको एकजना आशालाग्दो प्रतिभा, सामाजिक जागरण र राजनीतिक परिवर्तनको आन्दोलनका अभिन्न सहयात्री गुमाउनुपरेको जनाइएको छ ।

‘वारि जमुना पारि जुमना’का बोलको चर्चित गीतका गायक गुरुङको बिहीबार असामयिक निधन भएको थियो ।

यसैगरी एमालेले रौतहटबाट पोखरातर्फ गइरहेको बस मुग्लिङ–नारायणगढखण्डमा दुर्घटना परी २० जनाभन्दा बढीले ज्यान गुमाएकामा पार्टी दुःखित भएको वक्तव्यमा जनाएको छ ।

वक्तव्यमा यस्ता दुर्घटना बारम्बार भइरहनुले सडक र यातायात क्षेत्र असुरक्षित बन्दै गएको देखिएको भन्दै पार्टी मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ भनिएको छ ।

साथै, घाइतेहरूको उपचारको प्रबन्ध गर्न र यस्ता दुर्घटना न्यूनीकरणका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण सो पार्टीले गरेको छ ।

वक्तव्यमा नेकपा ९एमाले०का केन्द्रीय कमिटीका वैकल्पिक सदस्य तथा दैलेख क्षेत्र नं २ बाट निर्वाचित सदस्य लक्ष्मीप्रसाद पोखरेललाई मातृशोक परेमा पार्टीलाई दुःख लागेको जनाइएको छ ।

उहाँकी आमा धनरुपा पोखरेलको २०७३ भदौ ८ गते साझ दुल्लु नगरपालिका–५ स्थित आफ्नै निवासमा ७६ वर्षको उमेरमा निधन थियो ।