अध्यक्ष ओलीको प्रस्ताव केन्द्रीय कमिटी बैठकबाट पारितः दुई–चार जनालाई चाहियो भन्दैमा संविधान संशोधन नहुने ओलीको अडान

maitrinews

CPN-UML Chairman KP Sharma Oli presents his nomination to the prime ministerial election, at the Parliament meeting in Kathmandu, on Sunday, October 11, 2015. Photo: RSS
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटी बैठकले पारित गरेको छ । जारी बैठकले अध्यक्ष ओलीको प्रतिवेदन पारित गरेको हो । बैठकमा केन्द्रीय सदस्यहरुले राखेका सुझावको उत्तर दिदैँ अध्यक्ष ओलीले संविधान आवश्यकता र अनुभवका आधारमा संशोधन हुन सक्ने बताउनुभयो । ‘हामी राजनीतिक दलहरुका बीचको सहमति र सहकार्यका पक्षमा छौं । आफूले नेतृत्व पाउँदा सबै दल मिलेर काम गर्नुपर्छ भन्ने अनि अरुले नेतृत्व गर्ने स्थिति बन्दा लोकतन्त्रमा सबै ठूला दल मिलेर देश बनाउनु हुँदैन भन्ने नेपाली कांग्रेसको दोहोरो नीतिका कारण मुलुकको राजनीतिले अप्ठेरो स्थिति भोग्नुपरेको हो,’ उहाँले भन्नुभयो ‘संंविधान संशोधनका बारेमा चर्चा सुनेको छु । तीन बुँदे प्रस्तावको कुरा बाहिर आएको छ । त्यसभित्र चलखेलका अनेक पाटाहरु छन्,’ उनले भने ‘हामीसँग कुनै सरसल्लाह भएको छैन । नेकपा ९एमाले० जस्तो प्रमुख हैसियत भएको पार्टीसँग सामान्य परामर्श पनि गर्नु नपर्ने रु संविधान गतिशील दस्तावेज हो भन्ने नेकपा ९एमाले० ले बुझेको छ ।’
उहाँले ०४७ सालमा संविधान बनाएर महत्वपूर्ण भूमिका निर्वाह गरेको र अहिले संविधान बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टीलाई यो कुरा थाहा भएको भन्दै जनतालाई अधिकारसम्पन्न बनाउनका लागि आवश्यक पर्दा संशोधन हुनसक्ने बताउनुभयो । ‘दुई–चार जनालाई चाहियो भन्दैमा संविधान संशोधन हुन सक्दैन । देशको देशको सार्वभौमसत्ता, अखण्डता, स्वतन्त्रता, एकता, अखण्डता, जातीय–साम्प्रदायिक सद्भावमा आघात पुग्ने गरी संशोधन हुन सक्दैन,’ उहाँले भन्नुभयो ‘निर्वाचनबाहेक संविधान कार्यान्वयन गर्ने अर्को उपाय छैन । तर त्यही बेलामा निर्वाचन हुन नदिने उद्देश्यका साथ सरकार परिवर्तन गरियो । फेरि पनि निर्वाचनको विकल्प छैन ।’ उहाँले अब एमाले कार्यक्षेत्रमा सुदृढ एकताका साथ खट्ने बताउनु भयो । बैठकले अध्यक्ष ओलीले प्रस्तुत गरको राजनीतिक प्रतिवेदन पारित गरेको छ । शनिबारको बैठकमा टंक कार्की, प्रकाश ज्वाला, रामरती राम, प्रमेश हमाल, ठाकुर गैरे र पुरनसिंह दयालले सुझाव दिनुभएको एमाले सचिव योगेश भट्राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
शनिबार बसेको बैठकले पार्टीको आन्तरिक एकतालाई अझ सुदृढ गर्दै आउने कुनै पनि प्रतिस्पर्धामा पार्टीको श्रेष्ठता हासिल गर्न स्थायी कमिटीको ४३ औँ बैठकले पारित गरेको विशेष प्रस्तावलाई आवश्यक परिमार्जन गरी ‘पार्टीको आन्त्रिक एकता र प्रभावकारी परिचालनका लागि १० बुँदे विशेष प्रस्ताव पारित गरेको छः
प्रस्ताव यस्तो छः
१। पार्टीका संस्थागत निर्णयहरुलाई कार्यान्वयन गर्दै वैचारिक, राजनीतिक र संगठनात्मक कामहरुलाई प्राथमिकता दिने ।
२। पार्टीका सिद्धान्त, नीति, कार्यक्रम र निर्णयहरुलाई तदरुकताका साथ कार्यान्वयन गर्ने र यसको सार्वजनिक रुपमा प्रतिरक्षा र प्रसार गर्ने ।
३। पार्टीको विचार, प्रतिष्ठा र लोकप्रियतामा आँच पुग्ने किसिमका कुनै पनि गतिविधि नगर्ने तथा बहस र छलफल गर्नुपर्ने विषयमा सम्बन्धित कमिटी र संगठनका बैठकहरुमा विधान र नियमअनुरुप यथोचित रुपमा पद्दतिसम्मत रुपमा छलफल गर्ने ।
४।विधि, नीति, पद्धति तथा पारदर्शिताको अनुशरण गर्दै नेता, कार्यकर्ता र सदस्यहरुलाई योगदान, योग्यता, क्षमता, सक्रियता र इमानदारीका आधारमा कामको जिम्मेवारी दिने र कुनै पनि प्रकारको पूर्वाग्रहपूर्ण पक्षधरताको व्यवहार नगर्ने
५। पार्टीका अधिवेशन, जनसंगठनका सम्मेलन र विभिन्न कार्यक्रमहरुमा अतिथि र सहभागीको नाम निर्धारण सम्बन्धित कमिटी र संगठनको माग, सम्बन्धित कमिटी र संगठनको जिम्मेवारसँगको परामर्शको आधारमा पार्टी केन्द्रीय सचिवालयले गर्ने । सम्बन्धित कमिटी र संगठनसँग प्रत्यक्षतः असम्बन्धित तथा उक्त प्रक्रियाबाट नतोकिएका व्यक्ति कार्यक्रममा सहभागी नहुने ।
६। कुनै पनि स्तरका कमिटी तथा जनसंगठनका निर्वाचनहरु प्यानल सूचीका आधारमा नगर्ने र उम्मेदवारको योग्यता, क्षमता, सक्रियता, योगदान, इमानदारी र लोकप्रियताका आधारमा निर्वाचित हुनसक्ने वातावरण सिर्जना गर्ने । यसो नगर्ने व्यक्ति र संगठनहरुलाई अनुशासनको कारवाही हुन सक्ने गरी नियमावली संशोधन गर्ने ।
७। सम्पूर्ण रुपमा एकताबद्ध भएर सबै प्रकारका चुनौतीहरुको सामना गर्दै जनताका अधिकार, राष्ट्रिय स्वाधीनता, अखण्डता र स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिंदै पार्टीलाई सक्रिय र गतिशील बनाउने ।
८। पार्टीको संगठनात्मक जीवन र राष्ट्रिय जीवनका महत्वपूर्ण विषयमा सामूहिक छलफलको प्रणालीबाट निष्कर्षमा पुग्ने ।
९। पार्टी सदस्यता, पार्टीका विभिन्न स्तरका अधिवेशन तथा जनसंगठनका सम्मेलनहरुका सम्बन्धमा विधि र पद्दतिलाई बलियो गरी अनुशरण गर्ने र यस सम्बन्धमा देखिएका समस्याहरुलाई उचित विधिबाट समाधान गर्ने ।
१०। पार्टी र पार्टी नेतृत्वका विरुद्ध हुने कुनै पनि कुप्रचार र प्रहारलाई सबै नेता, कार्यकर्ता र सदस्यहरुले तथ्यपरक किसिले सशक्त रुपमा प्रतिवाद गर्ने । अर्को बेठक आइतबार असोज ९ गते अपरान्ह ३ बजे केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्नेछ ।