प्रस्तावित राजदूतव्दय उपाध्याय र पौड्यालको संसदीय सुनुवाइ

काठमाडौँ । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरुको आज संसदीय सुनुवाइ गरेको छ । सरकारले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौड्यालको नाम सिफारिस गरी संसदीय सुनवाइका लागि संसदमा पठाएको थियो । प्रस्तावित राजदूतहरुले संसदीय सुनुवाइका क्रममा आफ्नो अवधारणा, कार्ययोजना र सोच प्रस्तुत गर्नुभएको थियो । सो क्रममा उहाँहरुले आफूहरुलाई सिफारिस गरेको मुलुकमा राजदूत भई काम गर्ने अवसर प्राप्त भएको खण्डमा दुई देशबीचको सम्बन्धलाई नेपालको हितमा केन्द्रित रहेर सुदृढ तुल्याउन योगदान दिने विश्वास दिलाउनुभयो । उहाँहरुले भन्नुभयो, “कूटनीति भनेको कला, कौशल र चातुर्यता हो, त्यसअनुसार कूटनीतिक जिम्मेवारीमा रहुन्जेल तटस्थ भएर काम गर्नेछौँ ।”
असोज १२ गते ।