हैटीमा शक्तिशाली आँधीमा २६० भन्दा बढीको मृत्यु , केही सहरका ८० प्रतिशत घर नष्ट

haiti1

हैटी । हैटीमा म्याथ्यु नामक आँधीका कारण जनधनको ठूलो क्षति भएको छ ।
मृत्यु हुनेको संख्या २ सय ६० भन्दा बढी पुगेको त्यहांको आपतकालीन सुरक्षा दस्ता सिभिल प्रोटेक्सन फोर्सुले जनाएको छ।
कतिपय शहरहरुमा ८० प्रतिशतसम्म घरहरु नष्ट भएका छन्। सुड प्रान्तमा ३० हजारजति घरहरु ध्वस्त भएका छन्।
उक्त आँधीलाई क्याटेगोरी फोर आँधी अर्थात् आँधीको वर्गीकरणमा दोस्रो शक्तिशालीका रुपमा हेरिएको छ।

haiti
हैटीमा अधिकांश क्षति शहरहरु र माछा मार्ने व्यवसायमा संलग्न तटीय गाउँहरुमा भएको छ।
रुखहरु ढलेका छन्, नदीहरुमा बाढी आएको छ र पुलहरु बगाएका छन्।
राहत संस्थाहरुले हैटीका प्रभावित क्षेत्रमा फोन र विद्युत सेवा अवरुद्ध भएको तथा त्यहांका मानिसहरुले खाना र पानीको अभाव झेल्नुपरिरहेको बताएका छन्।