मिस लिटिल नेवाः २०१६ को उपाधि किस्तीलाई

काठमाडौं । २६ जना किशोरीलाई पाखा लगाउँदै किम्ती श्रेष्ठले १० औं मिस लिटिल नेवास्–२०१६ को उपाधि जितेकी छिन् । नेप्लिज फेसन होमले काठमाडौंमा सञ्चालन गरेको प्रतियोगिताको ग्रान्ड फिनालेमा बसुन्धरास्थित सेन्ट जेभियर्स स्कूलमा अध्ययरत किम्तीले उक्त उपलब्धिसँगै मिस फोटोजेनिकको उपाधि पनि जितेकी थिइन् ।
प्रतियोगितामा अन्नपूर्ण हाई स्कुलमा अध्ययनरत श्रीलता शाहले फस्ट रनर्सअप तथा रोडबर्ड स्कुलमा अध्ययनरत महिता श्रेष्ठले सेकेन्ड रनर्सअपको उपाधि प्राप्त गरे । ‘जात्रा’ लाई थिम बनाइएको यो वर्षको प्रतियोगिता अवधिभर प्रतिस्पर्धीहरूले नेवार जात्रालाई आफ्नो प्रस्तुतिमा प्राथमिकता दिएका थिए ।
प्रतियोगितामा सहभागी नेवार समुदायका किशोरीहरूमध्ये सोनिमा महर्जनले मिस इनोसेन्ट, श्रीया महर्जनले मिस फ्रेन्डसिप, आयुषा श्रेष्ठले मिस चार्मिङ, आयाना शाक्यले बेस्ट स्माइल, श्रीया महर्जनले बेस्ट स्किन, आज्ञा तुलाधरले मिस बेस्ट हेयर, श्रीया शाक्यले मिस डिसिप्लिन, अनुष्का महर्जनले मिस पर्सनालिटी, लसता डंगोलले सोसल वेलफेयर एम्बेसडर, श्वेना श्रेष्ठले बेस्ट ड्रेस, क्रिष्टिना स्थापितले बेस्ट नेपाल भाषा तथा रश्मिला तुलाधरले मिस ट्यालेन्टको उपाधि जिते