टेलिकमको मोवाइल सेवा अवरुद्ध हुने

maitrinews

काठमाडौं । प्राविधिक कारणले शुक्रबार रातिदेखि शनिबारसम्म नेपाल टेलिकमका मोबाइल तथा सिडिएमए सेवा प्रभावित हुने भएका छन् । आफ्नो जीएसएम पोस्टपेड सेवालाई कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा माइग्रेशन गर्न लागिएकाले मोबाइल सेवा अवरुद्ध हुनसक्ने टेलिकमले जनाएको हो ।
टेलिकमल एक सूचना जारी गर्दैे शुक्रबार रातिदेखि वायरलेस सिस्टमका जीएसम तथा सिडिएमए सेवामा भ्वाइस कल, एसएमएस, डाटा, रिचार्ज र वाइम्याक्स सेवा अवरुद्ध हुने जनाएको छ । यसैगरी शनिबार टेलिकमका ग्राहक सेवा केन्द्रसहित कार्ड एक्टिभेसन, रिचार्ज लगायत सबै सेवा बन्द हुने छ ।
टेलिकमले सिस्टम म्यानेजमेन्टका क्रममा सेवा अवरुद्ध हुँदा पर्नसक्ने असुविधाप्रति माफी मागेको छ ।