महिन्द्राको नयाँ युवो ट्याक्टरहरुको अनावरण
काठमाडौं । महिन्द्रा एण्ड महिन्द्रा ग्रुपको नेपालका लागि आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गत रहेको अग्नि इन्कर्पाेरेटेड प्रा. लि. ले आज युवो ट्याक्टरहरुको नयाँ रेन्जको अनावरण गरेको छ । पूर्णतया नयाँ प्लाटफर्ममा बनेको नवीनतम तथा इन्डस्ट्री र वर्गमै पहिलो १२ फर्वार्ड र ३ रिभर्स् पूmल कन्स्ट्यान्ट–मेश गियरबक्स्का साथ महिन्द्रा युवो एकदम बहु–उपयोगी छ र ३० भन्दा बढी कृषि अनुप्रयोगहरुका लागि प्रयोगमा ल्याउन सकिने कम्पनिले जनाएको छ । युवोको उन्नत टेक्नोलोजीले कृषकहरुको विभिन्न प्रयोजनहरु पूरा गर्न सक्छ – हार्भेस्टिङ्ग देखि ल्याण्ड प्रिपेरेशन र पोस्ट–हार्भेस्टिङ्ग आवश्यकताहरुसम्म, युवोले कृषकहरुलाई दिन्छ धेरै गर्ने, छिटो गर्ने र उत्कृष्ट गर्ने क्षमता रहेको कम्पनिको दावी छ ।
अनावरण कार्यक्रममा बोल्दै, सञ्जय जादव, भाइस प्रेसिडेन्ट, हेड अफ इन्टरनेशनल अपरेशन – ए.एफ.एस (साउथ एशिया), महिन्द्रा एण्ड महिन्द्रा लि., ले महिन्द्रा भोल्यूमको आधारमा विश्वकै नं. १ ट्याक्टर ब्राण्ड हो जो विश्वभरका कृषकहरुलाई नवीनतम टेक्नोलोजीका कृषि–मुखी समाधानहरु पस्कन प्रतिबद्ध रहेको वताउनुभयो ।