एमाले स्थायी कमिटी बैठक सम्पन्न, संविधान संशोधन प्रस्तावको खुलेर विरोध गर्ने निर्णय

काठमाडौँ । नेकपा  एमालेको आकस्मिक स्थायी कमिटि बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले वर्तमान सरकारले व्यवस्थापिका संसद्मा दर्ता गर्न लागेको संविधान संशोधन प्रस्तावलाई खुलेर विरोध गर्ने निर्णय गरेको छ । ‘संविधान संशोधनप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको छ,’ एमाले सचिव योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अहिले यो अवस्था संक्रमणकालीन अवस्था हो र अहिलेको रुपान्तरित व्यवस्थापिका संसद् पनि हिजोको संंविधान सभा होइन । संघीय संसद् पनि होइन । अहिलेको यो सरकार पनि संविधानले तोकिएको समय भित्र निर्वाचनका कामहरु सम्पन्न गरी संक्रमण काललाई टुङ्याउने अविभार वोकेको सरकार हो ।’
एमालेले वर्तमान सरकार आफ्नो मूल जिम्मेवारीबाट पर हटेर संविधान संशोधनको नाममा अनावश्य, अनुचित र हानिकारक गतिविधि तर्फ लाग्नु दुःखद् भएको निष्कर्ष निकालेको छ । ‘राजनीतिक दलहरुबीच दूरी र विभाजन ल्याउने तथा समाजमा गम्भीर द्धन्द्ध निम्त्याउने यस्तो कदमभित्र मुलुकमा राजनीतिक संकट निम्त्याउने षडयन्त्र लुकेको पनि एमालेले ठहर गरेको छ । बस्ने भएको छ । ‘परिस्थितिको गार्भियता र आम जनताको चाहनालाई ध्यानमा राखेर यस्तो हानिकारक दिशामा अघि नबढ्न सरकारलाई एमाले सचेत गराउँछ,’ विज्ञप्तिमा भनिएको छ ।
बैठकले संविधानको धारा १२१ को प्रावधान विपरीत ल्याउन खोजेको पूरक अनुमानको कुनै औचित्य र आवश्यकता नरहेको पनि ठहर गरेको छ । यसैगरी बैठकले नवलपरासी जिल्ला विभाजित भएर हाल प्रदेश नम्बर चार र पाँचमा विभाजित भएको भूगोललाई दुई अलग–अलग विशेष जिल्ला कमिटि बनाउँने सम्बन्धित प्रदेश संगठन कमिटिहरुका प्रस्तावलाई अनुमोदन गरेको छ ।