प्रचण्ड सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराउन सकेन, सत्तारुढ दलभित्रै चर्को विवाद

काठमाडौं । सहमति जुट्न नसकेपछि सरकारले संसदमा आज दर्ता गर्ने तयारी गरेको संविधान संशोधन प्रस्ताव दर्ता हुन सकेन । आज बसेको मन्त्रिपरिषद बैठकले सहमतिको प्रयास जारी राख्ने निर्णय गरेपछि संविधान संशोधन प्रस्ताव दर्ता हुने मिति लम्बिने भएको हो ।
यसअघि हिजो बसेको सत्तारुढ दलको बैठकले आइतबार मधेसी मोर्चासँग छलफल गरेर संसद बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको थियो ।
५ नम्बर प्रदेशलाई टुक्र्याउने सरकारको तयारीविरुद्ध सत्तारुढ दलकै नेताहरुले चर्को विरोध गर्दै विपक्षमा उभिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अप्ठेरोमा पर्नुभएको छ । सरकारले अघि सारेको संशोधन प्रस्तावप्रति मधेसी दलहरु पनि सन्तुष्ट छैनन् भने प्रमुख प्रतिपक्षी नेकपा एमाले त संशोधन प्रक्रियाबाटै पछि हटेको छ ।
मन्त्रिपरिषद बैठक भोलि पुनः बस्नेछ ।