रामेछाप र सोलुमा ५.६ रेक्टर स्केलको भूकम्प

maitrinews

काठमाडौं । रामेछाप र सोलुखुम्बुको सीमा क्षेत्रलाई केन्द्र बनाएर सोमबार बिहान ५ दशमलव ६ रेक्टर स्केल भूकम्प गएको छ ।
यो नयाँ भूकम्प नभई गत वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको शक्तिशाली भूकम्पको परकम्प रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बिहान पाँच बजेर २० मीनेटको समयमा गएको भूकम्पको काठमाडौंमा पनि धक्का महसुस गरिएको थियो । भूकम्पको क्षतिबारे कुनै जानकारी आएको छैन ।
गत वर्ष वैशाख १२ गते गोरखा बारपाक केन्द्र बनाएर गएको भूकम्पछि त्यसका परकम्प जाने क्रम अझै रोकिएका छैनन् । चार म्याग्निच्यूट भन्दा बढीको क्षमताका परकम्प अहिलेसम्म चार सय ७५ भन्दा बढी पटक गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।