नेप्से आज १.५४ अंकले घट्यो

काठमाडौं, २६ जेठ । मंगलबार नेप्से परिसूचक १.५४ अंकले घटेर बन्द भएको छ । नेप्से आज २७ सय ३३ अंकमा झर्यो । आज २७ सय २ अंकसम्म झरेकोको नेप्से बन्द हुने बेलामा सम्हालिएको हो ।बिहीबार १३, शुक्रबार ११ तथा सोमबार २० अंकले घटेको नेप्से मंगलबार पनि दोहोरो अंकले घट्ने अनुमान थियो । तर, अन्तिममा सम्हालिएको नेप्सेले केही राहत अनुभुत गरेको छ ।

आज कारोबार रकम भने बढेको छ । अघिल्लो दिन जम्मा ४ अर्ब ८ करोडको कारोबार भएकोमा आज ६ अर्ब ४४ करोडको भयो । यो कारोबार रकम वैशाख १५ यताकै उच्च हो।

१०५ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो भने १५ को स्थिर रह्यो । फाइनान्स सबैभन्दा धेरै १।०१ प्रतिशत घट्यो । अरु सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।