भारु साट्नेहरुको भीड बढ्दो,भारुको माग बढ्दा ब्यवस्थापनमा चुनौती,सर्वसाधारण मर्कामा

काठमाडौं । भारतले पाँच सय र हजार दरका भारतीय नोट (भारु) को कारोवारमा प्रतिवन्ध लगाएपछि त्यसको असर नेपालमा पनि बढ्न थालको छ । नेपाल र भारत दुईदेशवीचको खुला सीमाका कारण भारतमा हुने कारोवारका लागि भारतीय रुपैयाँको आवश्यकता पर्ने भए पनि माग अनुसार भारतीय रुपैयाँ पाउन नसक्दा सर्वसाधाण अप्ठ्यारोमा परेका हुन् ।
भारतले प्रतिवन्ध लगाउनु अगाडि नेपाल राष्ट्र बैंकले भारु आवश्यक पर्ने नेपालीहरुलाई प्रतिव्यक्ति पाँथ हजारका दरले उपलब्ध गराउँदै आएको थियो । अहिले राष्ट्र बैंकले त्यो सीमा घटाएर दुई हजारमा झारेको छ ।
पछिल्लो समयमा भारु साट्न आउनेको भिड बढ्न थालेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले वताए । उनका अनुसार प्रत्येक व्यक्तिले पाउने भारुको सिलिङ घटेको र पाँच सय तथा हजारको नोट नचलेपछि साना नोटमा भर पर्नुपरेकोले माग ह्वात्तै बढेको हो ।
भिड बढेपनि राष्ट्र बैंकले आफ्नो क्षमता भन्दा बढी रकम दिन सक्ने अवस्था रहेको छैन । पछिल्लो समयमा भारतमा समेत सय दका भारुको अभाव हुँदै आएको छ । त्यहाँ पाँच सय र दुई हजार दरका नोट चलनचल्तिम ल्याएपछि समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
प्रवक्ता पौडेलका अनुसार राष्ट्र बैंकले विरामी र अन्य अत्यवश्यक कार्यकालागि भने कामको प्रकृतिको आधारमा केही बढी रकम दिने गरेको छ । दुई देशवीचको खुल्ला सिमा, भारतसँगको बढ्दो ब्यापार आदिका काण नेपालमा भारुको प्रयोग अत्याधिक हुने गर्दछ । सोही कारण राष्ट्र बैंकले विगत देखि नै भारुको ब्यवस्थापन गर्दै आएको थियो । यसकालागि पटक पट अमेरिकी डलर विक्री गरेर भएप्नि भारु खरिद गरिँदै आएको छ ।
राष्ट्र बैंकले सिमित परिमाणमा भारु उपलब्ध गराए पनि सिमा नाकाहरुमा भने विगत देखि नै यसको प्रयोग ब्यापाक हुने हुनाले कालोबजारी समेत हुने गरेको छ । सोही काणले गर्दा सर्वसाधारण नेपालीले प्रति एक सय भारुकालागि एक सय ६० नेपाली रुपैयाँ तिर्नुपर्नेमा एक सय ६५ रुपैयाँ सम्म तिर्ने गरेका छन् । पछिल्लो समयमा काठमाडौं उपत्यका लगायता अन्य प्रमुख शहरहरुमा समेत कालोबजारी बढ्न थालेको राष्ट्र बैंकका अर्का एक अधिकारीले वताए । माग अनुसार भा उपलब्ध गराउन नसक्दा सम्म यो समस्या निराकरणगर्न कठीन हुने उनको भनाई छ ।