सत्ता साझेदार दल र मधेसी मोर्चाबीचको छलफल निष्कर्षविहीन, प्रधानमन्त्री प्रचण्ड आक्रोशित

 

काठमाडौँ । प्रमुख दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक निष्कर्षबिहीन भएको छ । बसिरहेको छ । बैठकमा सरकारले मङ्गलबार संसदमा पेस गरेको संविधान संशोधन प्रस्ताव र आगामी स्थानीय निर्वाचन गर्नका लागि सहमति जुटाउन छलफल भए पनि कुनै सहमति भएन ।

बैठकमा सत्ता नेतृत्वकर्ताका तर्फबाट प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिसहित नेता तथा मोर्चाका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादवलगायत नेता सहभागी हुनुभयो ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले मोर्चाले संशोधन प्रस्तावको विरोध गरेकोमा आक्रोश व्यक्त गनुर््भयो । उहाँले स्थानीय चुनावमा जान प्रस्ताव गर्नुभयो तर सो कुरामा मोर्चा सहमत भएन ।