हवाई इन्धनको भाउ घट्यो
काठमाडौं । नेपाल आयल निगमले आन्तरिक उडानतर्फको हवाई इन्धनको मूल्य घटाएको छ । निगमको सञ्चालक समितिको सोमवारको वैठकले मुल्य समायोजन गर्ने निर्णय गरेको हो ।
भारतीय आयल निगमले पठाएको मूल्यका आधारमा हवाई इन्धनको मूल्य समायोजन गरी प्रतिलिटर ९४ रुपैयाँबाट ८६ रुपैयाँ मूल्य तोकेको निगमले जनाएको छ । अन्तर्रा्ष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिहजार लिटर ८३१ अमेरिकन डलरबाट घटेर ७५० कायम भएको छ ।
पेट्रोल र डिजेलको मूल्य भने यथावत् नै रहेको निगमले जनाएको छ । अन्तराष्ट्रिय बजारमा मुल्य कम भएनि निगमले विभिन्न वाहानामा नेपालमा भने मुल्य खासै घटाएको छैन ।