पुग्नैपर्ने मनमोहक पर्यटकीय स्थल कालिञ्चोक

दोलखा । यतिखेर कालिञ्चोक हिउँले ढपक्क ढाकेको छ । त्यहाँ रहेको कालिञ्चोक भगवती दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। कालिञ्चोक भगवतीको दर्शन गर्नुका साथै हिमशृंखलाको मनोरम दृश्यालोकन गर्न र हिँउसँग खेल्न यतिखेर आन्तरिक पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन् । विशेष गरी युवायुवतीकाका लागि यतिखेर विशेष आकर्षणको केन्द्र बनेको छ, कालिञ्चोक ।
सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर कालिन्चोक गाविसमा अवस्थित यो मन्दिर ३हजार ८४२ मिटर को उचाईमा छ। कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदीबहिनी हुन् भन्ने भनाइ छ।
कालिञ्चोक डांडाबाट मनोरम रोलवालिङ हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ।ृ
जनैपुर्णीमा, दशैं, चैते दशैंमा भक्तजनको भिड लाग्ने गर्दछ। यो हिन्दूहरूको लागि एक प्रसिद्ध तीर्थ स्थल हो।

चरिकोटदेखि करिव १७ किलोमीटर दुरीमा रहेको कुरी बजारसम्म कच्ची मोटरबाटो बनेको छ। जुन बाटोमा जीप गाडी र मोटरसाइकल चलाउन सकिन्छ। सुख्खा याममा मिनीबस पनि चलाउन सकिन्छ। कुरी बजारदेखि उकालो करिव १ घण्टा पैदल यात्रा गरी कालिञ्चोक भगवती स्थानमा पुग्न सकिन्छ। आन्तरिक पर्यटन प्रबद्र्धन गर्न कालिञ्चोक धुम्न जाऔँ, पुण्य कमाऔँ र भरपूर मनोरञ्जन गरौँ ।

ka-8

ka-4

ka-5

ka-2

ka-9

दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक । तस्बिर : युविका श्रेष्ठ