तेस्रो बङ्गलादेश प्रदर्शनी मेला मङ्गलबारदेखि

काठमाडौँ, २९ पुस । बङ्गलादेश दूतावासको आयोजनामा यही माघ ४ गतेदेखि यहाँ तेस्रो बङ्गलादेश प्रदर्शनी मेला–२०१७ हुने भएको छ ।
बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्सले आज आयोजित पत्रकार सम्मलेनमा नेपाल र बङ्गलादेशबीचको आर्थिक, व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउन मेलाले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पाँच दिनसम्म चल्ने उक्त मेला भृकुटीमण्डपको प्रदर्शनी हलमा हुनेछ । मेलाको व्यवस्थापन सिन्थेसिस एक्जिबिसन एन्ड इभेन्ट्स प्रालि नेपाल र युटर्न इभेन्टस अर्गनाइजेसन बङ्गलादेशले गर्ने छन् । मेलामा १०० भन्दा बढी कक्ष रहने जनाइएको छ ।