नेपालमा टरेको छैन भूकम्पीय खतरा : जोखिमपूर्ण संरचना र भूबनोट प्रमुख चुनौती

काठमाडौँ । २०७२ साल बैशाख १२ गते नेपालमा गएको महाविनासकारी भूकम्पले पुर्याएको क्षति र पारेको प्रभाव मुलुकका लागि गम्भीर चुनौती बने पनि राजधानी काठमाडौँ उपत्यकालगायत सहरी क्षेत्रमा ठूला ठूला भौतिक संरचनाहरु बनाउने क्रम फरि ह्वात्तै बढेको छ । भूकम्पका लागि हामीले बनाएका जोखिमपूर्ण भौतिक संरचना र भूबनोट नै प्रमुख कारण भएको भूकम्पविद्हरुले औँल्याएका बेला त्यसलाई बेवास्ता गर्दै फेरि भूकम्पप्रतिरोधी प्रविधिविना नै ठूला ठूला भौतिक संरचनाहरु बनाउने कामले राजधानी काठमाडौँ बढी जोखिपूर्ण बन्दै छ ।
नेपाल विश्वकै ११ औँ जोखिमपूर्ण र काठमाडौँ तेस्रो जोखिमपूर्ण सहर भन्दै भूकम्पविद्हरुले सचेत रहन गम्भीर ध्यानाकर्पण गराउँदै आएका छन् तर पनि सम्भावित जोखिमलाई बेवास्ता गर्दै क्षणिक रुपमा पैसा कमाउने स्वार्थ, सरकारको नीतिगत अस्पष्टता साथसाथै अस्थिर सरकारका कारण व्यवस्थित र भूकम्पीय जोखिम कम गर्ने खालका संरचना बनाउने कार्यले सही गति लिन नसक्दा भूकम्पको त्रासमा बाँच्नुपर्ने अवस्था झन् बढ्दै छ ।
वैज्ञानिकहरुले भनिरहेका छन् सन् २००४ मा पाकिस्तानमा विनासकारी भूकम्प जाँदा १० देखि २० मिटर जमिन भासिएको थियो । १ करोड ५० लाख वर्ष पहिले फ्रान्सको आल्पसा क्षेत्रमा गएको विनासकारी भूकम्पले सगरमाथाजस्ता हिमालहरु विलोप भएको अनुसन्धानले देखाएको छ ।
विसं। १९९० सालमा नेपालमा गएको महाविनासकारी भूकम्पमा भूमिगत चट्टान फाट्दा काठमाडौँको सतहमा ११ किमि मुनिसम्ममा जमिन चिरा परेको पनि अनुसन्धानबाट पुष्टि भएको छ ।
नेपाल भूकम्पीय जोखिमपूर्ण मुलुक रहेकाले फेरि पनि विनासकारी भूकम्प जाने सम्भावना कायमै छ । यस्तो अवस्थामा एकदिन भूकम्प दिवसको औपचारिकताले यसको जोखिम कम गर्न सकिँदैन । सधै र सबै नेपाली भूकम्पप्रति सचेत हुनुपर्ने र भूकम्पप्रतिरोधी संचरना बनाउन बनाउने कार्यलाई नै मुख्य एजेन्डा बनाउनुपर्ने खाँचो देखिएको छ ।
घर बलियो बनाउन नसक्दा भौतिक क्षति बढी व्यहोर्नुपरेको निचोड १९९० सालको महाभूकम्प र २०७२ सालको भूकम्पपछि गरिएको अध्ययनले देखाएको छ । यसको आधारमा भूकम्पले मानिसको ज्यान लिँदैन, तर मानिसले बनाएको घर भत्किँदा ज्यान जान्छ भन्ने सचेतनाका लागि सुरक्षित भवन निर्माणमा जोड दिन थालिएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका विज्ञ सदस्य इन्जिनियर किशोर थापाले भन्नुभयो, “भूकम्पका कारण होइन, मानिसले आफ्नै कारणले ज्यान गुमाउँछ । त्यसैले जान्दाजान्दै आफूलाई किच्ने धराप किन बनाउने ?”

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेटले भूकम्पबाट बढी प्रभावित भएका १४ नगरपालिका र एउटा गाउँ विकास समितिका करिब एक लाख ८० हजार घरको अध्ययन गरेको छ । हालसम्म सार्वजनिक नगरिएको सो अध्ययन प्रतिवेदनले अधिकांश घरको कुना फाटेको र छड्के चिरा परेको औँल्याएको छ ।
सो अध्ययनका संयोजक स्ट्रक्चर इन्जिनियर सुमन प्रधानले बन्धन गरिएका घरमा क्षति नपुगेको चर्चा गर्दै भन्नुभयो, “अब बनाइने घरमा सुर बन्धन, कुना बन्धन, ठाडो डन्डी र तेर्सो पट्टीमा विशेष ध्यान दिनैपर्छ । ” पुराना घर तथा मन्दिरमा ढोकाको ठिक माथि बन्धन गरिएको स्थानमा जोडिएको सर्पको आकृति देख्न पाइन्छ ।
१९९० सालमा जेबी आडेन नाम गरेका एक अङ्ग्रेजले काठमाडौँ उपत्यकाभित्र क्षतिको अध्ययन गर्नुभएको थियो । उहाँले धेरै तल्ला भएको, गुम्बज लठ्ठा भएका, धेरै झ्याल भएका, बाहिर पट्टी सग्लो इँट, तर बीचमा टुक्रा हाली बनेका, एउटा घरसँग अर्को घर दाँती नमिलाई जोडिएका, माथिल्लो भागमा ज्यादा बोझ भएका, बज्र नलगाई माटोमा बनेका कारण भौतिक क्षति भएको निचोड निकाल्दै एकनास पाकेको र चौकस मिलेको इँटा प्रयोग गर्न, इँटाको घर ३४ हातभन्दा बढी अग्लो घर नबनाउन, गारोमा बन्धन हाल्न, झिँगटी वा टाइलको सट्टामा कर्कटपाताको छानो हाल्न सुझाव दिनुभएको थियो ।
एनसेटका इन्जिनियर प्रधानले १९९० सालको सुझाव अहिलेका लागि पनि उत्तिकै सान्दर्भिक भएको धारणा व्यक्त गर्दै भन्नुभयो, “पिलरयुक्त घर हुनैपर्छ भन्ने छैन । बलियो घर बनाउन निर्माण सामग्रीले एक आपसमा समाएको हुनुपर्छ । ”
पछिल्लो २० वर्षयता पक्की घर बनाउने क्रम बढेको छ । ग्रामीण क्षेत्रमा ढुङ्गाको घर बनाउने क्रम रोकिएको छैन । एनसेटको अध्ययनले बढी जसो ढुङ्गाबाट निर्माण गरिएका घरमा नै क्षति पुगेको देखाएको छ । एनसेटको अध्ययनले उपत्यका बाहिरका ११ नगरपालिकामा ४२ प्रतिशत घर भत्काउनैपर्ने, १९ प्रतिशत घर प्रबलीकरण
९रेट्रोफिटिङ० गर्न मिल्ने, ३१ प्रतिशत घर मर्मत गरे पुग्ने र बाँकी आठ प्रतिशत घरमा केही गर्नु नपर्ने देखाएको छ ।
प्राधिकरणका विज्ञ सदस्य थापाले ढुङ्गाको घर पनि बलियो बनाउन सकिन्छ भन्दै थप्नुभयो, “पिलरयुक्त घरमात्र बलियो हुन्छ भन्ने होइन । सुरक्षाका उपाय अपनाइएका जुनसुकै घर पनि बलिया हुन्छन् । घर बनाउँदा गाउँ विकास समिति वा नगरपालिकामा खटिएका प्राविधिक तथा तालिम प्राप्त डकर्मीसँग सम्पर्क गरेमा बलियो घर बनाई आफू सुरक्षित बन्न सकिन्छ । यसरी बलियो घर बनाउँदा १० देखि १५ प्रतिशतसम्म लागत बढ्न सक्छ । ”
एनसेटका प्राविधिक सल्लाहकार इन्जिनियर सूर्यभक्त साँगाछेले विगतमा प्राविधिकले बोलाउँदा तर्किने मानिस अहिले प्राविधिक खोज्दै हिँड्ने गरेको चर्चा गर्दै भन्नुभयो, “मानिसको बानी परिवर्तन भएको छ । सजग बनेका छन् । सुरक्षित घर बनाउन कसलाई कहाँ गएर सम्पर्क गर्नुपर्छ भन्ने थाहा पाउने भएका छन् । त्यसैले अब बन्ने घरहरू भूकम्पीय दृष्टिकोणले बलिया नै हुन्छन् । ”
प्राधिकरणका अनुसार भूकम्पबाट क्षति भएका मध्ये हालसम्ममा ६२ हजार १९० घरको पुनःनिर्माण भइसकेको छ ।
विगतमा गएको भूकम्प र तिनले जमिनमा पारेको असर अनि त्यसको न्यूनीकरणका लागि हाल उपलब्ध प्रविधिहरूलाई केलाउँदा बुझ्न सकिन्छ । विशेष गरी भूकम्पको दौरान भिरालो जमिनमा पहिरो र समथर जमिनमा तरलीकरणको जोखिम सम्बन्धमा अध्ययन–अनुसन्धान गर्न ध्यान नगएको पक्कै हो । नेपालको सन्दर्भमा भूबनोटको दृष्टिकोणले यी दुवै जोखिम उत्तिकै बढी संवेदनशील छन् र यो क्षेत्रमा घनीभूत अध्ययन–अनुसन्धान गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ ।
सन् १९६४ को जापानको निगातामा गएको भूकम्प अथवा सन् २०१० मा न्युजिल्यान्डको क्राइस्ट चर्चमा गएको भूकम्प, त्यसैगरी सन् २०११ मा जापानको सेन्दाइमा गएको भूकम्प, जहाँ जमिन तरलीकरणले गर्दा भौतिक संरचनामा ठूलो क्षति भएको पाइन्छ । त्यसैगरी नेपालमा पनि विसं १९९० को महाभूकम्प, २०४५ सालको भूकम्प र भर्खरै २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा पनि काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँमा जमिनमा तरलीकरण भएको र त्यसबाट भवनहरूमा क्षति पुगेको पाइन्छ । १९९० सालको महाभूकम्पका दौरान त ३–४ मिटर अग्लो माटोसहित पानीको फोहरा उपत्यकाका विभिन्न स्थानमा देखिएको दृश्यको वर्णन ब्रम्हशमशेरद्वारा लिखित पुस्तकमा पाइन्छ । त्यसैगरी टँ‘डिखेल, नयाँबजारलगायत विभिन्न स्थानमा जमिन तरलीकरणको प्रभाव जमिनमा ठूल्ठूला चिरा परेको तस्बिर अहिले पनि सुरक्षित छन् ।

२०४५ सालको भूकम्पको दौरान उदयपुरलगायत तराईका विभिन्न स्थानमा बलौटे माटो जमिनमा मूल फुट्दै उम्लिएर सतहमा आएको थियो । यसको कारण पनि जमिनमा भएको तरलीकरण नै थियो । यसैगरी २०७२ वैशाख १२ को भूकम्पलगत्तै गरिएको अध्ययनमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जमिन तरलीकरण भएको पाइएको छ । भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ क्याम्पसको पुस्तकालय भवनमा भएको क्षति जमिनमा भएको तरलीकरणकै असर हो, जसले उक्त भवन करिब २० सेमि जमिनमुनि धसिएको उक्त अध्ययनले पुष्टि गरेको छ ।
अब प्रश्न उठ्छ तरलीकरण के हो र कस्तो जमिनमा यसको जोखिम रहन्छ ? जमिनमा यदि पानीको तह सतह नजिकै छ र जमिन बलौटे माटोले बनेको छ भने यस्तो अवस्थामा बलौटे माटोको भारबहन क्षमता भनेका कणहरू एकआपसमा जोडिएर रहँदा हुने घर्षण शक्ति नै हो । जब जमिनको छिद्र पानीले भरिएको हुन्छ, यस्तो अवस्थामा भूकम्पको हल्लाइले जमिनको छिद्रमा रहेको पानीलाई थिच्न खोज्छ तर पानी नथिचिने हुनाले त्यहाँ शक्ति उत्पन्न हुन्छ, जसले बलौटे माटोका कणलाई छुट्याइदिन्छ र माटोको भारबहन क्षमता जीर्ण बनाइदिन्छ, जसका कारण जमिनले लेदो माटोको जस्तो व्यवहार गर्छ । यस्तो अवस्था नै भूकम्पीय कम्पनको दौरान जमिनमा हुने तरलीकरण हो । तरलीकरणको अवस्थामा हल्का संरचनाहरू जस्तै जमिनमा गाडिएको पानीट्यांकी, मंगालहरू जमिनमाथि तैरिने, गरुँगा संरचना जस्तै भवनहरू, पुलहरू भासिने, ढल्कने अनि भिरालो जमिन बग्ने जोखिम रहन्छ । हाम्रा संरचना जतिसुकै बलिया र भूकम्प प्रतिरोधी भए पनि यदि जमिनमा तरलीकरणको जोखिम छ र संरचना निर्माण गर्दा यसको जोखिमको आकलन र न्यूनीकरणको उपाय अवलम्बन गरिएको छैन भने फेरि पनि संरचनाहरूमा क्षतिको सम्भावना उत्तिकै रहन्छ । त्यसैले नयाँ संरचना निर्माण गर्दा पहिले जमिनमा तरलीकरणको जोखिमको पहिचान र यसको न्यूनीकरणका उपाय अवलम्बन गरेर मात्र निर्माण गर्नुपर्छ । विभिन्न अध्ययनले के देखाउँछ भने संरचना निर्माण गरिसकेपछि यदि तरलीकरणको जोखिम न्यूनीकरण गर्नुपरेमा नयाँ संरचनाभन्दा करिब दस गुणा बढी खर्च लाग्ने र जोखिम न्यूनीकरणको प्रविधि पनि उत्तिकै जटिल रहन्छ । त्यसैले संरचना निर्माणपूर्व नै यो जोखिमको पहिचान गरी न्यूनीकरण गर्नु सरल र कम खर्चिलो उपाय हो ।
जमिनमा हुने तरलीकरण जोखिम पहिचान विशेष गरी सन् १९६४ को निगाता र अमेरिकाको अलास्कामा गएको भूकम्पपश्चात् भएको हो । तत्पश्चात् सन् २००० सम्ममा यो जोखिम पहिचानका लागि विभिन्न प्रविधि विकासका लागि भूविज्ञहरू अनुसन्धानमा केन्द्रित भएको पाइन्छ । विशेष गरी जापान र अमेरिकामा यो क्षेत्रमा बृहत् अनुसन्धान गरी जमिनमा भूकम्पको दौरान हुन सक्ने तरलीकरणको जोखिम पहिचानमा उपयुक्त प्रविधि सुझाइएको छ । नेपालमा पनि यिनै प्रविधिलाई तरलीकरण जोखिम पहिचानका लागि प्रयोगमा ल्याएको पाइन्छ । तर जापान र अमेरिकामा विकास गरिएको प्रविधि विशेष गरी समुद्रको तटीय क्षेत्रमा गएका भूकम्पको दौरान जमिनमा गएको तरलीकरणलाई आधार बनाएर तयार पारिएको हो ।
काठमाडौँ उपत्यकामा १९९० र २०७२ सालको भूकम्पको दौरान पहिचान गरिएको तरलीकरणका स्थानहरूले हामीलाई उपलब्ध जोखिम पहिचानका प्रविधिको उपयोगिता र प्रभावकारिता पहिचान गर्न मद्दत गर्छन् । २०७२ को भूकम्पपश्चात् जापान विज्ञान प्रतिष्ठानको आर्थिक सहयोगमा एहिमे विश्वविद्यालय ९जापान०, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल र त्रिभुवन विश्वविद्यालयको संयुक्त प्रयासमा काठमाडौं उपत्यकामा तरलीकरणको जोखिम पहिचान र उपलब्ध प्रविधिहरूको प्रभावकारिता र उपयोगितासम्बन्धी विस्तृत अनुसन्धान गरिएको थियो । उक्त अनुसन्धानमा २०७२ को भूकम्पको दौरान भेटिएका तरलीकरण स्थानहरूको विस्तृत स्थलगत अध्ययन गर्नुका साथै सो स्थानबाट माटो उत्खनन गरी जापानको अति आधुनिक प्रयोगशालामा परीक्षण गरिएको थियो ।

भूकम्पबारे गरिएको पाँच अनुसन्धनको निष्कर्ष पनि एउटै देखिएको छ :

अनुसन्धान— १

हिमालय बन्ने प्रक्रियामा पन्ध्र सयदेखि दुई हजार किमि पूर्व–पश्चिम फैलिएका र लगभग ६ देखि २५ किमिसम्म गहिराइ भएका तीनवटा ठूला दरारहरू बनेका छन् । यी मध्ये एउटा तराई र चुरे पहाडको सिमाना, एउटा चुरे पहाड र महाभारत लेकको सिमाना र अर्को निम्न र उच्च पहाडी भागको सिमानामा अवस्थित छन् । यी दरारहरू गहिराइमा पुगेर अर्को लगभग १० डिग्रीको कोणमा उत्तरतिर ढल्केको दरारमा मिल्छन्, जसलाई मेन हिमालयन थ्रस्ट ९एमएचटी० भनिन्छ । इन्डियन प्लेटको तल्लो भाग अहिले पनि एमएचटीभन्दा तलबाट उत्तरतर्फ धस्सिरहेको छ र यसले हिमालय शृङखलालाई ठूलो बलले उत्तरतर्फ धकेलिरहेको छ । उक्त बललाई थेग्न नसकी बेला—बेला हिमालयमा रहेका दरारहरूमा चट्टान चिप्लिन्छन् र ठूला भूकम्पहरू उत्पन्न हुन्छन् । दुई प्लेटहरू जुधेको क्षेत्रमा जमिनको सापेक्षिक चाल भूउपग्रहको सहायताले आधुनिक ग्लोबल पोजिसनिङ सिस्टम ९जीपीएस० उपकरणको सहायताले नाप्न सकिन्छ । आधुनिक जीपीएस उपकरणहरूले मिलिमिटरभन्दा कमको परिशुद्धतामा जमिनको चाल मापन गर्न सक्छन् । गोर्खा भूकम्प जांँदा लगभग १५० पूर्व—पश्चिम, ६० किमि उत्तर—दक्षिण र १५ किमि गहिराइ भएको गोर्खाको बार्पाकदेखि दोलखाको सुनखानीसम्मको भाग एमएचटीको सतहमा लगभग ३।५ मिटर दक्षिणतर्फ चिप्लिएको थियो ।

यसरी जमिन दक्षिणतर्फ चिप्लिने प्रक्रिया भूकम्पपछि पनि यथावत छ वा अड्किएर बसेको छ भन्ने जान्न अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका डा। आद्रिनो ग्वालादीको नेतत्वमा अमेरिका, चीन, बेलायत, नेपाल लगायतका वैज्ञानिकहरूले भूकम्प जानुभन्दा लगभग २ वर्ष अगाडिदेखि नै विभिन्न ठाउँमा राखिएका ३३ वटा जीपीएस स्टेसनहरू र भूकम्प लगत्तै राखिएका थप जीपीएस स्टेसनहरूले रेकर्ड गरेका तथ्याङ्कलाई विश्लेषण गरे । उनीहरूको अनुसन्धान लेख विश्व प्रसिद्ध भौगर्भिक जर्नल टेक्टोनोफिजिक्समा सन् २०१६ को जूनमा प्रकाशन भएको छ । उनीहरूका अनुसार गोर्खा भूकम्पपछि काठमाडौंको दक्षिणी भागमा जमिनभन्दा लगभग १० किमिमुनि एमएचटीमा जमिन अड्किएको छ र हाल यही क्षेत्रमा शक्ति सञ्चय भैरहेको छ । यसले मध्य नेपालमा भूकम्पीय खतरा झनै बढाएको छ ।
अनुसन्धान— २
जापानको हिरोसिमा विश्वविद्यालयका प्राध्यापक यासुहिरो कुमाहाराले नेपाली भूगर्भशास्त्रीसँगै गरेको अनुसन्धान निष्कर्ष ‘अर्थ प्लानेट एन्ड साइन्स’ भन्ने जर्नलमा प्रकाशित भएको छ । वैज्ञनिकहरूका अनुसार जमिनको सतहबाट धेरै नजिक केन्द्रविन्दु भएर नेपालको जत्रो महाभूकम्प जाँदा प्रायस् जमिनमुनि फाटेको चिरा जमिनको सतहसम्म आइपुग्छ । यसो भयो भनेमात्र इन्डियन प्लेट र युरोसियन प्लेट जुध्दा सञ्चित भएको भनिएको पुरै शक्ति स्खलित हुने सम्भावना रहन्छ ।

गोर्खा भूकम्प लगत्तै भूगर्भविद्हरूको समूहले काठमाडांै वरिपरि र महाभारत क्षेत्रको झिकु खोला, चित्लाङ, कुलेखानी, मालागिरि तथा कोल्पु खोला भएर जाने पांँचवटा सक्रिय फल्ट ९एक्टिभ फल्ट० हरूको स्थलगत भ्रमण तथा एरियल फोटोको माध्यमबाट अध्ययन गर्‍यो । आफ्नो अध्ययन तथा स्थानीयहरूले दिएको सूचनाको आधारमा पनि उपरोक्त सक्रिय फल्टहरूमा गोर्खा भूकम्प जांँदा वा त्यसपछि पनि जमिनमा कुनै किसिमको ‘मुभमेन्ट’ भएको प्रमाण भेटिएन । तसर्थ उनीहरूको निष्कर्ष छ, काठमाडौं वरिपरि उपरोक्त सक्रिय फल्टहरूमा हुनसक्ने मुभमेन्टका कारण भविष्यमा ठूला भूकम्प जानसक्ने खतरा यथावत छ ।
अनुसन्धान— ३
अमेरिकाको नेभडा विश्वविद्यालयका स्टेफेन आङस्टर लगायत जापान र नेपालका भूगर्भविद्हरूको अर्को अनुसन्धानात्मक लेख ‘सेस्मोलोजिकल रिसर्च लेटर्स’ भन्ने जर्नलको भोलुम ८६ अङ्क ६, नोभेम्बररडिसेम्बर, २०१५ मा प्रकाशित भएको छ । उनीहरूको अनुसन्धान भूकम्प लगत्तै तयार गरिएको इन्टरफेरोमेट्रिक सिन्थेटिक एपारेचर राडार ९इन्सार० नक्सा र मे ४ देखि १५ तारिख, २०१५ मा गरिएको काठमाडांै वरिपरि र काठमाडौंभन्दा दक्षिण चुरे र तराई सिमाना क्षेत्रमा गरिएको स्थलगत अध्ययनमा आधारित छ । यी दुवैको अध्ययनबाट गोर्खा भूकम्प सम्बन्धित दरार जमिनसम्म आइपुगेको प्रमाण कहीं कतै पनि भेटिएन । अध्ययनबाट काठमाडौंको कौशलटारमा भेटिएका धांँजा वास्तवमा कुनै फल्टसंँग सम्बन्धित नभएर जमिनको माथिल्लो तहमा मात्र सीमित भएको पाइयो । उनीहरूको निष्कर्ष छ, गोर्खा भूकम्पले जमिनको सतहसम्म जमिन फटाउन नसकेकाले काठमाडौँ वरिपरि ठूलो भूकम्पको खतरा कायमै छ ।

अनुसन्धान— ४

अक्स्फोर्ड विश्वविद्यालय बेलायतका भूगर्भविद् जोन इलियट र उनको टिमले गार्खा भूकम्पपछि नेपालमा गरेको अनुसन्धान नेचर जियोसाइन्सको जनवरी २०१६ को अंकमा प्रकाशित भएको छ । उनीहरूले पनि भूकम्प लगत्तै पछिको इन्टरफेरोमेट्रिक सिन्थेटिक एपारेचर राडार ९इन्सार० नक्सा र जीपीएस स्टेसनहरूले रेकर्ड गरेको जमिनको चालसम्बन्धी तथ्याङ्कहरूलाई नै विश्लेषण गरेका छन् । उनीहरूका अनुसार पनि काठमाडौं आसपासमा ठूलो भूकम्पको खतरा अझै टरेको छैन । गोर्खा भूकम्पका कारण लगभग १५ किलोमिटर तल सुरु भएको धाँंजा ९रपचर० काठमाडौँ आसपासमा ११ किमि तल, चुरे र तराईको सिमानबाट लगभग ५० किमि उत्तरमा आएर अड्किएको छ र यसका कारण यहाँ लगातार शक्ति सञ्चय भैरहेको छ । सञ्चित शक्ति कुनै पनि समयमा भूकम्पका रूपमा स्खलित हुनसक्छ ।

अनुसन्धान— ५

भूगर्भविद्हरूका अनुसार हिमालयमा भूकम्प जांँदा यदि फल्ट प्लेनको मुभमेन्ट सतहसम्म जमिनसम्म आइपुग्यो भने यसले जमिनमा देखिनेगरी दरार उत्पन्न गर्छ र यस्तो दरारलाई पहिचान गर्न चुरे पहाड र तराईको सिमानामा रहेको भावर जोनमा नदीले थुपारेको सेडिमेन्ट ९रिभर टेरास० मा दरार ९जमिन चिरा परी एक भाग अर्को भागमुनि धस्सिएको अवस्था० देखापर्छ । यिनै दरारहरू ठूला भुइंँचालोले छाड्ने अवशेष हुन् र भूगर्भविद्हरूले यिनै दरारहरूको अध्ययन गरेर ऐतिहासिक महाभूकम्पहरूको कथा उधिन्छन् । यिनै दरारहरूको खोजी गर्न अमेरिकाको नेभाडा विश्वविद्यालयका स्टेभेन विश्नोउस्की लगायत जापान र नेपालका भूगर्भविद्हरूले काठमाडौंको दक्षिण चुरे र तराईको सिमानामा वागमती नदी नजिक बर्दिबास र नवलपरासीको त्रिवेणी नजिक दुई ठाउंँमा एक्स्काभेटरको सहायताले गहिरा ट्रेन्च ९खाडल० खनी भावर जोनमा भएका रिभर टेरासको अध्ययन गरी अनुसन्धान नतिजा भर्खरै मात्र ९नोभेम्बर ३, २०१६० ‘अर्थ एन्ड प्लानेटरी साइन्स लेटर्स’को अङ्क ४५७ मा प्रकाशित गरेका छन् ।

वागमती साइट गोर्खा भूकम्प गएको ठाउंँको ठिक दक्षिणमा पर्छ भने त्रिवेणी साइट गोर्खा भूकम्पले असर पारेको क्षेत्रभन्दा बाहिर लगभग २०० किमि पश्चिममा पर्छ । खनिएका खाडलमा भेटिएका भौगर्भिक प्रमाणहरू र कोइलाको रेडियोमेट्रिक डेटिङले के संकेत गर्छ भने यस क्षेत्रमा सम्भवतस् सन् १२५५ मा ठूलो भूकम्प गएको थियो । यो भूकम्प जांँदा वागमतीदेखि त्रिवेणीसम्मको लगभग २०० किमि दूरीभित्र ७ देखि १० मिटरसम्म जमिन माथि उठ्नेगरी जमिनसम्म नै दरार उत्पन्न गरेको थियो । यसपछि वागमतीदेखि त्रिवेणीसम्मको क्षेत्रमा केन्द्रविन्दु पर्नेगरी ठूला भूकम्प गएका छैनन् । अहिले इन्डियन प्लेट प्रतिवर्ष २० मिमिका दरले उत्तरतर्फ सरिरहेको छ भन्ने जियोडेटिक अवलोकनले देखाइरहेको सन्दर्भमा सन् १२५५ को भूकम्पपछि कम्तीमा हालसम्ममा औसत १५ मिटर तराईको भाग उत्तरतर्फ चुरे पहाडमुनि धस्सिनुपर्नेमा यो अन्तरालमा जमिन धस्सिएको वा अर्को शब्दमा भन्ने हो भने ठूलो भूकम्प गई फल्ट मुभमेन्ट जमिनसम्म आइपुगेको भेटिएको छैन । ७।८ म्याग्नेच्युडको गोर्खा भूकम्प जांँदासमेत फल्ट मुभमेन्ट जमिनसम्म आएको कुनै प्रमाण नभेटिएकोले हाल पनि यस क्षेत्रमा भूकम्पीय जोखिम घटेको छैन र गोर्खा भूकम्पभन्दा ठूलो म्याग्नेच्युडको भूकम्प जाने खतरा यथावत रहेको छ ।