मोरङ एमालेमा विनोद ढकाल निर्वाचित

मोरङ । नेकपा एमाले मोरङको अध्यक्षमा विनोद ढकाल निर्वाचित हनुभएको छ । ५ सय ४१ मत ल्याएर उहाँ विजय हुनुभएको हो । पूर्व अध्यक्ष ढकालले वर्तमान अध्यक्ष महेश रेग्मीलाई हराउनस भएको हो । रेग्मीले ३ सय ३४ मत ल्याउनु भयो । त्यसैगरी उपाध्यक्षमा रामलाल शाहले ४ सय ६९ ल्याएर विजयी हुनुभयो भने सत्यनाराण चौधरीले ३ सय ५७ मत ल्याउनुभयो । सचिवमा ऋषिकेश पोख्रेलले ५ सय ७ ल्याएर विजयी हुनुभयो । विद्या चाम्लिङले ३ सय ३८ मत ल्याउनुभयो । उपसविच धना तामाङ विजयी हुनुभयो । उहाँले ४ सय ५८ मत ल्याउनु भयो भने राजकुमार ओझाले ३ सय ४६ मत ल्याउनुभयो । निर्वाचन बुधबार भए पनि मत गणना भने बिहीबार मात्र सुरु भएको थियो ।
कुनै पनि जिल्लामा चुनाव नलड्ने पार्टीको ह्वीप त्यहाँ पनि लागु भएन । त्यहाँ पनि पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले समूहनै बनाएर चुनाव लडे । पदाधिकारीमा ओली समूह हावी भए पनि सदस्यहरुमा छासमिस आएको छ ।