संविधान संशोधन विधेयक राष्ट्रिय हित विपरीत छ : पोखरेल

 

पोखरा । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान संशोधन राष्ट्रिय हित विपरीत भएको बताउनुभएको छ ।प्रेस चौतारी नेपाल, कास्कीले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले यो राष्ट्रिय हित विपरीतको संशोधन प्रस्तावलाई एमालेले संसदमा मतदान प्रक्रियामै लैजान नदिने दृढता व्यक्त गर्नुभयो ।

सीमाङ्कन हेरफेर प्रस्तावलाई फिर्ता लिएर अरु प्रस्तावलाई मतदानको प्रक्रियामा लैजान सरकारलाई चुनौती दिँदै उहाँले राष्ट्रिय भाषालाई बेवास्ता गरी हिन्दी भाषालाई कालान्तरमा कामकाजको भाषाको रुपमा प्रयोग गर्न खोजिएकोमा आपत्ति प्रकट गर्नुभयो ।

हिजो संविधान च्यात्छौँ, जलाउँछौँ र मान्दै मान्दैनौँ भन्नेहरु पनि अहिले मत्थर हुँदै गएको चर्चा गर्दै उहाँले राष्ट्रियताप्रति अडिग रहन सबै देशभक्त नेपालीप्रति आग्रह गर्नुभयो ।