ट्रम्पद्वारा मेक्सिकोको सिमानामा पर्खाल लगाउन आदेश, आप्रवासीमाथि कडाईं, सात देशका आप्रवासी रोक्न गृहकार्य

maitrinews

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सिमानामा पर्खाल लगाउन आदेश दिनुभएको छ । उहाँले राष्ट्रपति चुनावको अभियान ताका मेक्सिकोसंगको दुई हजार माइल लामो सिमानामा पर्खाल बनाउने बताउनुभएको थियो।
साथै उहाँले पर्खाल निर्माणको खर्च पनि मेक्सिकोले नै बेहोर्नुपर्ने बताउनुभयो ।
अमेरिकी सञ्चार संस्था एबीसी न्यूजसंगको अन्तर्वार्तामा टम्पले मेक्सिकोले पर्खाल निर्माणको खर्च शत प्रतिशत भुक्तानी दिने बताउनुभयो।
शुरुमा अमेरिकी स्रोतमै उक्त पर्खाल निर्माण गर्ने ट्रम्पको योजना छ।
तर त्यसका निम्ति कंग्रेसले खर्चको अनुमति दिनुपर्छ।
बुधबार होमल्याण्ड सेक्युरिटि विभागमा आयोजित एक समारोहमा उक्त आदेशमा हस्ताक्षर गर्दै उहाँले अमेरिकाको दक्षिणी सिमानामा संकटको चर्चा गर्नुभयो।
यसैबीच उहाँले विना कागजपत्रका आप्रबासीहरुलाई शरण दिंदै आएका अमेरिकी शहरहरुलाई सहयोग पैसा रोक्ने निर्णय पनि गर्नुभएको छ ।

अब उहाँले अफ्रिका तथा मध्य पूर्वका सात देशका आप्रवासी रोक्ने घोषणा गर्ने गर्ने योजना बनउनुभएको छ । 

त्यसमा सिरियाली शरणार्थी कार्यक्रम अनिश्चितकालसम्म निलम्बन गरिने उल्लेख छ।
साथै नाम उल्लेख नगरिएका केही मुलुकका निम्ति भिसा जारी गर्ने कार्य पनि निलम्बन गरिने उल्लेख छ।
आप्रवासी सम्बन्धी वकिलहरुले  ती मुलुक सिरिया, इराक, इरान, लिबिया, सुडान, सोमालिया र यमन हुन सक्ने उनीहरुको विश्वास रहेको बताए।
तर ह्वाइट हाउसले उक्त दस्तावेजमाथि टिप्पणी गर्न अस्वीकार गरेको छ। हस्ताक्षर हुनु अघि त्यसमा परिमार्जन हुन सक्नेछ।