बेलायत र अमेरिकालाई एकसाथ मिलेर नेतृत्व गर्ने मौका

अमेरिका । ब्रिटिश प्रधानमन्त्री टरिजा मेले पहिलो विदेशी नेताको रुपमा राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।
रिपब्लिकन कंग्रेसमेनको एउटा बैठकलाई गर्ने सम्बोधनमा उहाँले ब्रिटेन र अमेरिकासँग फेरि संसारमा एकसाथ नेतृत्व गर्ने मौका भएको उल्लेख गर्नुहुनेछ । ।
यातनाको समर्थन गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो टिप्पणीले चाहिँ मेको भ्रमणलाई कठिन बनाउन सक्ने बताइएको छ।
ट्रम्पले भन्नुभएको छ, मलाई लाग्छ त्यो विधिले एकदमै काम गर्छ, हात खुट्टा बाँधेर कैदीको अनुहारमा पानी खन्याउने विधि अर्थात वाटरबोर्डिङ पुनः ब्युँताउने विषयमा रक्षामन्त्री र सिआइएको निर्देशकसँग मेरो मत बाझिन सक्छ।
ब्रिटिश सरकारले जुनसुकै परिस्थितिमा यातना दिन नहुने आफ्नो अडान दोहोर्याएको छ।
ह्वाइट हाउसमा ट्रम्पसँग हुने भेटवार्तामा यातनासम्बन्धी उहाँको पछिल्लो टिप्पणी अस्वीकार गर्न ब्रिटिश प्रधानमन्त्री मेलाई आग्रह गरिंदैछ।
डाउनिङ स्ट्रिटका एकजना प्रवक्ताले भनेका छन्, दुई मुलुकबीच ुसुदृढ र बलियो सम्बन्धु छ जसले स्पष्ट रुपमा कुराकानी अदानप्रदान गर्न दिन्छ।
बुधबार एबीसी न्युजसँगको कुराकानीमा ट्रम्पले यातनासम्बन्धी टिप्पणी गरेपछि उक्त विषयले ब्रिटिश प्रधानमन्त्रीको एजेण्डामा प्रवेश पाएको हो।
ट्रम्पले भन्नुभयो, ूमैले गुप्तचर निकायको उच्च तहलाई सोधेको छु, के वाटरबोर्डिङ विधिले काम गर्छ ? के यातनाले काम गर्छ ? र, उनीहरुको उत्तर थियो, ूहो त्यसले एकदमै काम गर्छ।
तर अमेरिका पुग्नुअघि नै ब्रिटिश प्रधानमन्त्री मेले यातना दिन नहुने ब्रिटेनको अडानमा कुनै परिवर्तन नभएको बताउनुभएको थियो।
यातनासम्बन्धी ट्रम्पको टिप्पणीबारे सोध्दा ब्रिटिश विदेशमन्त्री तथा ब्रेक्र्जिट मामिलासम्बन्धी मन्त्रीले पनि त्यहीं अडान दोहोर्याउनुभएको छ ।