सुब्बाको दरखास्त फाराम भर्ने म्याद अव माघ २८ गतेसम्म

काठमाडौ। लोकसेवा आयोगले राजपत्रअनङ्कित प्रथम श्रेणी नायब सुब्बाको दरखास्त फाराम भर्ने म्याद तीन दिन थपेको छ।
आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले अनलाइनमार्फत फाराम भर्ने अत्यधिक उम्मेदवार भएको र फाराम भर्न प्राविधिक समस्या देखिएकाले यही माघ २८ गतेसम्म म्याद थप गरिएको राससलाई बताएका छन्।
प्रवक्ता कौइरालाले एकै पटक धेरै उम्मेदवारले फाराम भर्दा सर्भर अवरुद्ध हुन पुगेको समेत बताएका छन्। सर्भर अवरुद्ध भएपछि फाराम भर्ने आवेदकहरुले आयोगमा गई नाराबाजी गरेपछि सहसचिव कोइरालाले सूचना निकालेर तीन दिन म्याद थप गरेका हुन्।
नासुमा चार सय ५६ जनाका लागि दरखास्तमा माग गरिएकामा आज मंगलवारसम्म करिब २१ हजारले फाराम भरिसकेको आयोगले जनाएको छ।
प्रकाशन मिति–२०७३ साल माघ १८ गते मंगलवार ।