एमाले छाडेपछि गयाे यी आठ वडाध्यक्षको पद

काठमाडौँ, २७ जेठ । विगतको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचित भई यसबीचमा दल त्याग गरेका आठ जना वडाध्यक्षहरूको पद रिक्त भएको छ। निर्वाचन आयोगले बुधबार एक सूचना प्रकाशित गर्दै ती वडाध्यक्षहरूको पद रिक्त भएको जानकारी दिएको हो।

राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम ती जनप्रतिनिधिहरूको पद रिक्त भएको आयोगले जनाएको छ। उक्त कानुनी प्रावधान अनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा पद स्वतः रिक्त हुने व्यवस्था छ।

सम्बन्धित वडाध्यक्षहरूले दल त्याग गरेकाले पद रिक्त भएको सूचना प्रकाशन गर्न एमालेको सचिवालय बैठकले निर्वाचन आयोगलाई पत्र पठाएको थियो। सोही सिफारिसका आधारमा आयोगले बुधबार रिक्तताको सूचना जारी गरेको हो।

क-कस्काे गयाे पद? नामावलीसहित

कमलबहादुर बानिया: मोलुङ गाउँपालिका–१, ओखलढुङ्गा
कमल तामाङ: मोलुङ गाउँपालिका–६, ओखलढुङ्गा
सुरेशकुमार थापा: चम्पादेवी गाउँपालिका–७, ओखलढुङ्गा
राजकुमार पन्थी: माथागढी गाउँपालिका–१, पाल्पा
होमप्रसाद बजगाईं: बागमती गाउँपालिका–७, ललितपुर
रामकुमार श्रेष्ठ: लेटाङ नगरपालिका–४, मोरङ
महेशकुमार खनाल: रङ्गेली नगरपालिका–१, मोरङ
मधुसुदन शर्मा: घोराही उपमहानगरपालिका–४, दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *