राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र समानता, राष्ट्रिय एकता र समृद्धि एमालेका पाँच सूत्रःओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कमजोर पार्ने प्रयास भइरहेको भए पनि त्यो सफल नहुने बताउनु भएको छ । स्कूल विभागले बिहीबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । उहाँले त्यस्ता भ्रम चिर्ने दाबी पनि गर्नुभयो । ‘देशद्रोही प्रयास भैरहेका छन् । प्रतिगामी प्रयासहरु भैरहेका छन् । प्रतिक्रियाबादी र जनविरोधी प्रयासहरु भैरहेका छन्,’ उहाँले भन्नुभयो, ‘एमाले त्यस्ता प्रयासलाई परास्त गर्न चाहन्छ । त्यसका लागि एकताबद्ध एमाले चाहिएको छ ।’ उहाँले राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र समानता, राष्ट्रिय एकता र संवृद्धिको नायकत्व एमालेले गरेको दाबी पनि गर्नुभयो । उहाँले ती पाँच कुरालाई सुत्रका रुपमा मानेर अघि बढ्न निर्देशन समेत दिनुभयो ।

‘‘राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र समानता, राष्ट्रिय एकता र संवृद्धिको नायकत्व एमालेले गरको छ,’ ओलीले भन्नुभयो, ‘तर, विरोधीहरुले काल्पनिक आरोपहरु जनताका बीचमा लगेर भ्रम फिजाउने प्रयास गरेका छन्, यस्ता भ्रम चिर्न जरुरी छ ।’ ओलीले एमाले नेतृत्वको सरकारले राम्रा मात्र काम गरेको पनि दाबी गर्नुभयो । ‘एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरुले जनताका बीचमा लैजान जरुरी छ,’ उनले भने, ‘सरकारमा रहेका बेला हामीले नराम्रा काम नै गरेनौँ,’ उहाँले भन्नुभयो, ‘ती सबै राम्रा कामको फेहरिस्त जनताका बीचमा लैजान जरुरी छ ।’

ओलीले एमालेको छिमेक र परराष्ट्र सम्बन्ध सुस्पष्ट भएको पनि दाबी गर्नुृभयो । तर, देशद्रोहीहरुले
उनले नीति र व्यवहारमा स्पष्ट भएको पार्टी पनि एमाले नै भएको दाबी पनि गर्नुभयो । ‘हामीले कसैलाई अलमल्याएर, छलछाम गरेर धोका दिएर जानु छैन,’ उहाँले भन्नुभयो, हामीलाई पार्टीमा युनिटी चाहिएको छ ।’