निर्वाचन आयोगलाई स्थानीय निर्वाचनको तयारी गर्न सरकारको आग्रह

काठमाडौ। बाह्य प्रेसरको कारण स्थानीय चुनावको तिथिमिति तोक्न आनाकानी गरिरहेको सरकारले स्थानीय तह निर्वाचनको लागि तयारी गर्न निर्वाचन आयोगलाई विहीवार साँझ औपचारिक आग्रह गरेको छ ।
वि.सं.२०७४ वैशाख मसान्तदेखि जेठ १० गतेभित्र निर्वाचन गर्ने तयारी गर्न आयोगलाई आग्रह गरिएको छ। जुन कुरालाई सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राम कार्कीले पुष्टि गरेका छन्।
अव भने स्थानीय चुनावको तयारी गर्नका लागि निर्वाचन आयोगलाई मार्ग प्रशस्त भएको छ।
प्रकाशन मिति–२०७३ साल माघ २० गते विहीवार ।