अफ्रिका कप अफ नेशन्स च्याम्पियन बन्यो क्यामरुन

काठमाडौँ । अफ्रिका कप अफ नेशन्सको उपाधि क्यामरुनले जितेको छ । आइतबार राति भएको फाइनलमा इजिप्टलाई २—१ ले हराउँदै क्यामरुन च्याम्पियन बनेको हो ।

खेलमा अग्रता भने इजिप्टले लिएको थियो । उसले २२ औं मिनेटमा इल्नेनीको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा क्यामरुनले कमब्याक गर्‍यो ।

५९ औं मिनेटमा इन्कुलुले बराबरी गोल फर्काए । निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी छँदा अबुबाकरले गोल गर्दै क्यामरुनलाई उपाधि दिलाए ।