भूकम्पबाट क्षति भएका एक हजार ४९ विद्यालयको पुनःनिर्माण

maitrinews

काठमाडौ। नेपाल सरकारले भूकम्पबाट क्षति भएका एक हजार ४९ विद्यालयको पुनःनिर्माण गरेको छ। भूकम्पबाट क्षति भएका १४ जिल्लाका भूकम्पबाट भत्किएका सात हजार ९ सय २३ विद्यालयमध्ये एक हजार ४९ विद्यालयमा पुनःनिर्माण गरिएको शिक्षा मन्त्रालयका सहसचिव एमनारायण श्रेष्ठले बताएका छन्।

Earthquake School construction

शिक्षा पत्रकार सञ्जालले विहीवार आयोजना गरेको भूकम्पपछि विद्यालय पुनःनिर्माणको अवस्थाबारे अन्तरक्रिया कार्यक्रममा श्रेष्ठले सरकार, विभिन्न दातृ निकाय संस्थाको सहयोगमा ती विद्यालयको पुनःनिर्माण गरिएको भनेका छन्।

तीमध्ये जापानी सहयोग नियोक (जाइका)ले ६ जिल्ला र एसियाली विकास बैंक ८ जिल्ला गरी १ सय २ तथा विभिन्न गैरसरकारी संस्थाले ८८ विद्यालय बनाएका छन् । बाँकी सरकारी बजेटमा विद्यालय निर्माण गरिएका छन्।

सहसचिव श्रेष्ठले भूकम्पबाट क्षति भएका विद्यालय बनाउन सरकारले रु चार अर्ब बजेट विनियोजन गरेको बताए।
प्रकाशन मिति–२०७३ साल फागुन ५ गते विहीवार ।