प्रतिनिधिसभामा प्रधानमन्त्रीको जवाफपछि तनाव
काठमाडौँ, १७ जेठ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सांसदहरूका प्रश्नको जवाफ दिएर बाहिरिएलगत्तै संसद्मा पुनः वादविवाद सुरु भएको छ। बैठकमा प्रधानमन्त्रीले प्रत्येक राजनीतिक दलका एक–एक जना सांसदको जिज्ञासाको जवाफ दिनुभएको थियो।
प्रधानमन्त्री बैठक कक्षबाट बाहिरिएपछि नेकपा (एमाले) र श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर बोल्नका लागि समय माग गरेका थिए। सभामुखले समय नदिएपछि बैठकमा केही बेर विवाद र होहल्ला भएको थियो।
सांसदहरूको विरोध र आक्रामक प्रस्तुतिप्रति असन्तुष्टि व्यक्त गर्दै सभामुखले सांसद हरूलाई संसदीय मर्यादा विपरीतका क्रियाकलाप गरेको भन्दै सचेत गराउनुभयो।