क्यापिटल मर्चेन्ट तथा फाइनान्सको रकम हिनामिना गर्ने पक्राउ

maitrinews

काठमाडौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुर मुद्दामा फरार रहेका काठमाडौँ बुढानीलकण्ठका ६० वर्षीय मदनबहादुर कार्कीलाई आइतवार पक्राउ गरेको छ। क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडको रकम हिनामिना गरेको आरोप लागेका कार्की लामो समयदेखि फरार रहेका थिए।

capital-merchant

नेपाल राष्ट्र बैंकले दिएको जाहेरीमा पुनरावेदन अदालत पाटनले २०७१ वैशाख २९ गते कार्कीले रु सात करोड ६४ लाख तीन हजार २४४ रकम हिनामिना गरेको ठहर गर्दै तीन वर्ष कैद र त्यति नै रकम जरिवाना सुनाएको थियो।

कमसल जग्गाको अत्याधिक मूल्याङ्कन गराई धितो राखी झुट्टा परियोजना बनाई सो परियोजनाको लागि क्यापिटल मर्चेंन्ट तथा फाइनान्स कम्पनी लिमिटेडबाट उक्त फाइनान्स कम्पनीका पदाधिकारीसमेतको मिलोमतोमा रकम प्राप्त गरी दुरुपयोग गरेको ब्युरोले जनाएको छ।

हालसम्ममा सिआइबीले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडलाई ठगी गर्ने अरुणकुमार मराठा, नवराज खत्री, तुलसाकुमारी धमला, भाइकृष्ण खड्का र किरणकेशर नेपाललाई फक्राउ गरेर अदालतमा बुझाएको छ ।
प्रकाशन मिति–२०७३ साल फागुन ८ गते आइतवार ।