स्थानिय निर्वाचनमा रु.१० अर्ब २९ करोड ६३ लाख ७६ हजार ७७५ रकम खर्च हुने

moneyकाठमाडौ। लामो समयदेखि स्थानिय निकायको निर्वाचन हुन नसकेको अवस्थामा बर्तमान पुष्पकमल दाहाल सरकारले आगामी नयाँ बर्ष २०७४ सालको बैशाख ३१ गते आइतवारका दिन निर्वाचन गर्ने निर्णय गरेको लगतै यसको लागि बजेट पनि निकासा गर्ने भएको छ।

सोमवार साँझ बसेको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवारमा बसेको मन्त्रीपरिषदको बैठकले स्थानिय निर्वाचनका लागि अर्थ मन्त्रालयले रु १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ७७५ रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले यस संवन्धमा सरकारले निर्णय गरिसकेको र अव मुलुक निर्वाचनमा गैसकेको समेत भनेका छन्। मन्त्री कार्कीले स्थानिय निर्वाचन सफल पार्न सवैको साथ र सहयोग आवश्यक भएको बताएका छन्। 

प्रकाशन मिति–२०७३ साल फागुन ९ गते सोमवार ।