महिन्द्रा शोरुम चरिकोटमा

काठमाडौं ।महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेडले चरिकोटमा गत फागुन ९ गते आफ्नो नयाँ शोरुम “कार्की मल्टिमिडिया कन्सर्न” को भव्य उद्घाटन गरेको छ । सो उद्घाटन नेपालका लागि महिन्द्रा, इन्डियाका तर्पmबाट कन्ट्री म्यानेजर आशिष जोशी तथा उद्योग वाणिज्य संघ, दोलखाका उपाध्यक्ष दिनेश बस्नेतद्वारा भएको थियो ।
ग्राहकहरुका माझ अझ सहज तरिकाले आफ्नो सेवा प्रदान गर्ने उद्देश्य अनुरुप यस नयाँ शोरुमले सेल्स्, सर्भिस तथा स्पेयर पार्ट्स सबै उपलब्ध गराउने भएको छ । महिन्द्राका ट्रयाक्टर, पिक–अप तथा लोकप्रिय युभी सिरिज लगायत महिन्द्राका अन्य उत्कृष्ट सेवाहरु लिई शोरुम चरिकोटमा प्रस्तुत भएको हो । सो उद्घाटन कार्यक्रममा बोल्दै अग्नि इन्कर्पाेरेटेडका असिस्टेन्ट् डिरेक्टर – सेल्स्, वरदान बस्नेतले सो नयाँ शोरुमको स्थापनाले ग्राहकहरुलाई महिन्द्राका उत्कृष्ट सेवाहरुको पहुँच झनै सहज हुनुका साथै स्थानीय क्षेत्रमा अन्य विभिन्न आर्थिक लाभ पुग्ने कुरा प्रति ध्यानाकर्षण गराए ।