रुकुमका मञ्जित विकले बनाए हेलिकोप्टर

maitrinews

रुकुम । रुकुमका मञ्जित विकले हेलिकोप्टर बनाई प्रदर्शन गरेका छन् । सदरमुकाम खलंगाको बह्राटाकुरामा जारी मध्यपश्चिमाञ्चल रुकुम महोत्सवमा उनले बनाएको सो हेलिकोप्टर मानिसहरुले काँधमा बोकेरै हेलिकोप्टरको यात्रा गराए ।यसरी मानिसले बोकेर यात्रा गराएको हेलिकोप्टर भने स्थानीयस्तरमै निर्मित हेलिकोप्टर हो । छिवाङ—४,का ३३ वर्षीय मञ्जित बिकले निर्माण गरेको उक्त हेलिकोप्टरलाई त्रिवेणीचोकदेखि महोत्सवस्थलसम्म बोकेर ल्याइको थियो । २ सय १५ किलो तौल भएको हेलिकोप्टरलाई ६ जना युवाले सकिनसकी बोकेका थिए ।

फागुन १६ गते ।