प्रम प्रचण्ड र चीनका राजदूत युबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत यु होङबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा स्थानीय तहको निर्वाचन र नेपालको पूर्वाधार विकासबारे छलफल भएको छ ।
प्रधानमन्त्री प्रचण्डले सरकार स्थानीय चुनाव गरेर संविधान कार्यान्वयन गर्ने प्रक्रियामा रहेको भन्दै चीनको सकारात्मक सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

जवाफमा राजदूत होङले संविधान कार्यान्वयन सकारात्मक दिशामा अघि बढेको भन्दै त्यसमा चीनको सद्भाव रहने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले नेपालको पूर्वाधार विकासका साथै यसअघिका सम्झौता कार्यान्वयन प्रभावकारी रुपमा अघि बढाएको बताउनुभयो । साथै उहाँले वान बेल्ट, वान रोड अन्तरगत विकास कार्यक्रम अघि बढ्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
फागुन १७ गते ।