गृहमन्त्रीको अभिव्यक्तिप्रति एमालेको कडा आपत्ति, अभियान नबिथोल्न चेतावनी

काठमाडौँ । नेकपा एमालेले गृहमन्त्री विमलेन्द्र निधीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
एमालेको केन्द्रीय प्रचार विभागले आज विज्ञप्ति निकालेर आफनो पार्टीको मेची—महाकाली राष्ट्रिय अभियान विथोल्न आह्वान गर्दै गृहमन्त्री नीधिको उत्तेजक अभिव्यक्ति दिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उपप्रधान तथा गृहमन्त्री निधिले सोमबार सिराहामा एक कार्यक्रमा एमालेविरुद्ध अभिव्यक्ति दिनुभएको थियो ।
गृहमन्त्रीले प्रमुख प्रतिपक्षी दलको कार्यक्रम विथोल्न अभिव्यक्ति लिएको भन्दै यो निन्दनीय भएको बताएको छ । विज्ञप्तीमा भनिएको छ, ‘सरकारले घोषणा गरेको स्थानीय निर्वाचन सफल पार्न वातावरणसमेत तयार गर्ने मेची—महाकाली राष्ट्रिय अभियान भाँड्नका लागि मुलुकको शान्तिसुरक्षाको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ ।’

एमालेले आफ्नो पार्टीको कार्यक्रममा कुनै अवाञ्छित गतिविधि भएमा त्यसको सम्पूर्ण जिम्मेवारी गृहमन्त्री निधि र सरकारले लिनुपर्ने समेत चेतावनी दिएको छ ।

हेर्नुहोस् एमालेको विज्ञप्ति :

Statment on Home Minister’s remark

 

फागुन १७ गते ।