चेम्बर पदाधिकारी– राजदूत छलफल
काठमाडौँ, १८ फागुन । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत रबिना पि मार्कसले आज छलफल गर्नुभएको छ ।
सो अवसरमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल र दक्षिण अफ्रिकाको द्विपक्षीय सम्बन्ध आर्थिक बारे प्रकाश पार्दै पर्यटन,जलविद्युत तथा खनिज क्षेत्रमा लगानी गरी दक्षिण अफ्रिकाले लाभ लिनसक्ने बताउनुभयो ।
छलफलमा राजदूत मार्कसले नेपाल र दक्षिण अफ्रिकाबीचको सम्बन्ध अझ निकट बनाउन पर्यटन, कृषि, जलविद्युत, खनिज क्षेत्रहरुमा प्रविधि तथा लगानी वृद्धि गर्न दुवै देशका व्यवसायीहरु आपसी हितमा मिलेर कार्य गर्नुपर्ने बताउनुभयो ।
छलफलमा नेपालका लागि दक्षिण अफ्रिकाका अवैतानिक महावाणिज्यदूत प्रदीपकुमार श्रेष्ठ, चेम्बरका उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधर र राजेन्द्र मल्ल तथा महासचिव कमलेशकुमार अग्रवाल सहभागी हुनुहुन्थ्यो ।