अखिल ९० स्थानसहित पहिलो, नेविसंघ ६९ सहित दोस्रो र क्रान्तिकारी ३८ स्थानसहित तेस्रो (सूची सहित)

 
काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन परिणाम आउने क्रम जारी छ । अहिलेसम्म नेकपा एमाले निकट अनेरास्ववियुले ९० स्थानमा,काँग्रेस निकट नेविसंघले ६९ स्थानमा र माओावादी निकट क्रान्तिकारीले ३८ स्थानमा जितेका छन । ठूला क्याम्पसमा तालबन्दी भए पनि हिजो साना–साना क्याम्पसमा निर्वाचन भएको छ । अहिलेसम्म कुन विद्यार्थी संगठनले कति स्थान प्राप्त गरे भन्ने आधिकारित परिणाम नभए पनि विद्यार्थी संगठनले गरेको दाबी अनुसार अनेरास्ववियु ९० स्थानमा विजयी भएको छ । अनेरास्ववियुका प्रवक्ता सुदिप शर्माले यही जानकारी दिएका छन् । यता नेविसंघले पनि ६९ स्थानमा विजयी भएको दाबी गरेको छ । अखिल क्रान्तिकारीका प्रवक्त सुरेन्द्र बस्नेतले ३८ स्थानमा विजयी भएको जानकारी दिए ।
नेविसंघको दाबी  १)बैतडी गोकुलेश्वर कृषि क्याम्पस राजेन्द्र बम २ काभ्रे प्रकाश बहुमुखी क्याम्पस तृष्णा पन्त उप्रेती ३) धादिङ नीलकण्ठ बहुमुखी क्याम्पस सरोज राज पाण्डे ४ धादि∙ मछिन्द्र बहुमुखी क्याम्पस प्रमोद गिरी ५ लमजु∙ मंगला क्याम्पस विश्वनाथ मिश्रा ६ काठमाण्डौ काठमाण्डौ कान्तिपूर क्याम्पस पावल बज्राचार्य ७ डोटी दिपायल क्याम्पस जिवन भण्डारी ८ डोटी घन्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पस जितेन्द्र बोहोरा ९ सोलुखुम्बु दुधकोसी क्याम्पस मिलन केसी १० सिन्धुली त्रिपुरेश्वर शिक्षा क्याम्पस बसन्त अधिकारी ११ दैलेख कोट्देउला जनआदर्श क्याम्पस रमाकुमारी नेपाली १२ सल्यान कपुरकोट क्याम्पस सन्देश आचार्य १३ जुम्ला सिंजा बहुमुखी क्याम्पस अमर सिंह खत्री १४ अछाम त्रिपुरा सुन्दरी क्याम्पस भिम कुंवर १५ स्याङजा राधा दामोदर संस्कृत विद्यापिठ सोवित पाठक १६ सुनसरी सप्तकोषी बहुमुखी क्याम्पस प्रतिक राई १७ दार्चुला अपिलम्पा क्याम्पस हुती तोयराज भट्ट १८ दार्चुला राष्ट्रिय बहुमुखी क्याम्पस, दत्तु धरेन्द्र धामी १९ सिन्धुपाल्चोक ठोकर्पा सामुदायिक क्याम्पस बसन्त महत २० रुपन्देही सरस्वती सस्कृत विद्यापिठ मणिग्राम, विष्णु पौड्याल २१ स्याङजा मालुङ्गा सार्वजनिक बहादुर क्याम्पस खगेन्द्र भट्टराई २२ लमजुङ्ग मातृभुमि क्याम्पस रमेश ढुङ्गेल २३ लमजुङ्ग भक्ति आर्दश क्याम्पस सुसिल रेग्मी २४ लमुजङ्ग ईसानेश्वर क्यामपस सुनिल भुजेल २५ सोलुखुम्बु सोताङ्ग पब्लिक क्याम्पस धिरज राई २६ झापा गौरीगंञ्ज क्याम्पस देव राजबंशी २७ झापा काकरभिट्टा क्याम्पस सुरज उप्रेती २८ पर्वत गुप्तेश्वर क्याम्पस शिशिर क्षेत्री २९ तनहु शहिद कृष्ण क्याम्पस शिर्षक भट्टराई ३०। अर्धखाची ज्योती बहादुर क्याम्पस सागर वेलवासे ३१ पर्वत जन प्रशासन बहादुर क्याम्पस रमेश सुबेदी ३२ पर्वत रुवाकोट महासिला बहादुर क्याम्पस सिर्जना मल्ल ठकुरी ३३ कंचनपुर रामपुर बहादुर क्याम्पस भगत राना ३४ सिन्धुपाल्चोक कंकालिन क्याम्पस , ठूलो पाखुरा विमल योञ्जन ३५ बांके जनसिद्धेश्वर बहादुर क्याम्पस चित्रकला पुन ३६ बांके ज्ञानुदय बहादुर क्याम्पस हिमाल पंगेनी ३७ स्याङजा चापाकोट ब। क्याम्स सबिन डोटेल ३८ बाग्लुङ्ग गलकोठ बहुमुखी क्याम्पस गुमानसिंह भण्डारी ३९ काठमाडौं शहिद आर्दश क्याम्पस निराजन नेपाल ४० दार्चुला श्री शंकरपुर क्याम्पस , पस्सि कमला पन्थ ४१ कैलाली खप्तड बहुमुखी क्याम्पस , मसुरीया दिपक साउद ४२ उदयपुर नारद आर्दश क्याम्पस प्रताप राई ४३ मोरङ्ग लेटाङ्ग बहुमुखी क्याम्पस बिक्रम चापागाई ४४ तेह्थुम खप्तड बहुमुखी क्याम्पस पवित्रा पौड्याल ४५ काभ्रे पार्वती बहुमुखी क्याम्पस ढुङ्गखर्क पुरुस्त्तम तिम्लिसिना ४६ काभ्रे चैतन्य क्याम्स, बनेपा माधव शर्मा ४७ रुपन्देही हरैया बहुमुखी क्याम्पस प्रकाश पौड्याल ४८ काभ्रे मंगल जय बिजय भिम श्रेष्ठ ४९ तेह्रथुम जिरखिम्ती बहुमुखी क्याम्पस दिपेन गौतम ५० काभ्रे काभ्रे बहुमुखी क्याम्पस यजेश्वर कायस्थ ५१ तनहु आबु खैरेनी बहुमुखी क्याम्पस पुर्णिमा थापा ५२ ललितपुर सगरमाथा इ. कलेज क्षितिज सिंह ठकुरी ५३ कैलालि मोहन्यल बहुमुखी क्याम्पस भजनिया जिबन जैशी ५४ पर्सा बिरगञ्ज नर्सिङ्क क्याम्पस प्रसंशा पाण्डे ५५ झापा गरामनि क्याम्पस बिनोद उप्रेति ५६ डडेल्धुरा त्रिबेणि बहुमुखी क्याम्पस कृष्ण नाथ ५७  कंचनपुर रोलेश्वर बहुमुखी क्याम्पस आसा भट्ट ५८  बैतडी जगन्नाथ बहुमुखी क्याम्पस कमल भट्ट ५९ कास्की सस्कृत क्याम्पस पोखरा केशव आचार्य ६० बैतडी मेलौनी क्याम्पस केशव चन्द ६१ गुल्मी रुरु सस्कृत क्याम्पस सुर्यश रीजाल ६२ कालिकोट पञ्च देवल बहुमुखी क्याम्पस, प्रकाश अर्याल ६३ सुर्खेत जनता बुहुमुखी क्याम्पस पुरन रावल ६४ कैलाली विरेन्द्र विद्या मन्दिर धननजय रिमाल ६५ कैलाली लम्की बहादुर क्याम्पस ललित जैशी ६६ नवलपरासी देवकोटा ब। क्याम्पस सुसिल चापागाई ६७ डोटी डोटी बहादुर क्याम्पस बालकृष्ण साउद ६८ सिन्धुपाल्चोक अरनिको कलेज हेमन्त श्रोष्ठ ६९. तनहु जनज्योति क्याम्पस भिमाद सुनिल श्रेष्ठ 
अनेरास्ववियुको यस्तो छ सूची 
पाटन बहुमुखी क्याम्पस बैतडीमा महेशप्रसाद भट्टको टीम विजयी भएको छ । त्यसैगरी सल्यान बहुमुखी क्याम्पस सल्यानमा रामबहादुर खत्रीको टीम विजयी भएको छ ।
त्यसैगरी माण्डव्य बहुमुखी क्याम्पस पाल्पामा नविन वस्यालको टीम विजयी भएको छ । शक्ति क्याम्पस बझाङमा पनि अनेरास्ववियु विजयी भएको छ । त्यहाँ ईश्वर सिंहको टिम विजयी भएको अनेरास्ववियुले जानकारी दिएको छ ।
बझाङ क्याम्पसमा पूजा कार्कीको टिम विजयी भएको छ । आदर्श बुहुमुखी क्याम्पस धादिङमा रुपक गिरीको टिम विजयी भएको छ । हनुमन्तेश्वर क्याम्पस काभ्रेमा सन्तोष दाहालको टिम विजयी भएको छ । खोटाङ क्याम्पस खोटाङमा सन्तोषी फूयालको टिम विजयी भएको छ । कानपुर क्याम्पस काभ्रेमा सुनिता तामाङ र उध्द–बुध्द बहुमुखी क्याम्पस,पाल्पामा नविन आचार्यको टिम विजयी भएको छ ।
अमरदीप क्याम्पस,सुर्खेत हरि देवकोटा र सिद्धदेवी क्याम्पस,पाचथरमा रबिन सम्वाहान्फे लिम्बूको टिम विजयी भएको छ । काठमाडौ कुलेश्वर क्याम्पस, काठमाडौँमा सुशील गिरीको टिम विजयी भएको छ । कृष्ण स्नातक लाली क्याम्पस,दार्चुलामा कमला पन्त र खप्तड आदर्श क्याम्पस ,डोटीमा रमेश पचेराको टिम विजयी भएको छ ।
अनेरास्ववियुले नै दिएको जानकारी अनुसार बुडिनन्दा क्याम्पस कोल्टी,बाजुरामा केशर बहादुर भाट, अन्नपूर्ण क्याम्पस कार्किनेटा,पर्वत, हिमाल श्रेष्ठ, जनहित बहुमुखी क्याम्पस जोमसोम,मुस्ताङमा रबिन बानियाँ गुरुङ विजयी भएका छन् ।
त्यसैगरी जनक क्याम्पस,काभ्रेमा सरला दाहाल, सर्वदय क्याम्पस ,बागलुङ, शेखर थापा, नमुना बागेश्वरी क्याम्पस,धादिङ, सन्दिप घिमिरे, भिम ज्योति क्याम्पस ,सिन्धुलीमा चुणामणी श्रेष्ठ, जिरी क्याम्पस जिरी,दोलखामा समीर खड्का विजयी भएका छन् ।
त्यसैगरी भिमज्योति क्याम्पस ,सिन्धुलीमा चुणामणी श्रेष्ठ, जिरी क्याम्पस, दोलखामा समीर खड्का, रामेश्वर क्याम्पस संखुवासभामा नवीन याख्या राई, माधी बहुमुखी क्याम्पस संखुवासभामा नवराज बडुवाल, सिदार्थ बहुमुखी क्याम्पस ,स्याङ्जामा प्रतीष्ठा कार्की, जितपुर क्याम्पस धनकुटामा प्रतिमा श्रेष्ठ, जाल्पादेवी क्याम्पस धनकुटामा सावित्रा घिमिरे, कुशादेवी क्याम्पस काभ्रेमा मन्दिरा घिमिरे, रिडि बहुमुखी क्याम्पस ,गुल्मीमा रामप्रसाद पोख्रेल, संजिवनी क्याम्पस काभ्रेमा रमेश सिंह ठकुरी, डेडिथुम्का क्याम्पस,काभेमा सालिकराम प्राजुली विजयी भएका छन् । फुलबारी बहुमुखी क्याम्पस ,कैलालीमा लक्ष्मण गिरी, हिले बहुमुखी क्याम्पस धनकुटामा, नरेन्द्र बहादुर राई, गौरादह बहुमुखी क्याम्पस ,झापामा कमल पौडेल, हिमशिखर बहुमुखी क्याम्पस सुर्खेतमा रमेश शर्मा, सरस्वती बहुमुखी क्याम्पस सिन्धुलीमा रमेश कटुवाल, गौमती बहुमुखी क्याम्पस सिन्धुलीमा उज्जल कुमार कार्की, त्रिवेणी क्याम्पस बझाङमा जय कुंवर ईन्द्रश्वरी बहुमुखी क्याम्पस सिन्धुपाल्चोकमा बालकृष्ण दुलाल, मंगला शिक्षा क्याम्पस म्याग्दीमा अनिशा भट्टराई, रारा बहुमुखी क्याम्पस ,मुगुमा गणेश सेजुवाल, एकतप्पा बहुमुखी क्याम्पस ईलाममा हिमाल खनाल, सिध्द ज्योती शिक्षा क्याम्पस सिन्धुलीमा दिपेन्द्र फुयाल विजयी भएका छन् ।
त्यसैगरी सिगास शिक्षा क्याम्पस, बैतडीमा बिक्रमसिंह ढाट, त्रिदेव क्याम्पस झापामा लक्ष्मी न्यौपाने, जलबिरे क्याम्पस सिन्धुपाल्चोकमा अमृत थापा, परामन्द बहुमुखी क्याम्पस ,गुल्मीमा शितल थापा, श्रीमहादेव क्याम्पस नुवाकोटमा
प्रदिप नेपाल, चन्द्रकोट बहुमुखी क्याम्पस गुल्मीमा बिमला गौतम विजयी भएका छन् । संखुवासभा बहुमुखी क्याम्पस ,संखुवासभामा मनोज योङ्जन तामाङ, नेपालगन्ज नर्सिङ क्याम्पस ,नेपालगन्जमा सर्मिला थापा, जनचेतना बहुमुखी क्याम्पस, कालिकोटमा प्रकाश सन्जेल, सुनकुडा क्याम्पस,बझाङमा महोन बोहोरा, बझाङ दिप क्याम्पस ,बझाङमा लोकेश भण्डारी, रघुनाथ बहुमुखी क्याम्पस ,कैलालीमा सिध्दराज जोशी, महाकाली बहुमुखी क्याम्पस ,कंचनपुरमा शुसिला चौधरी, निर्मल बहुमुखी क्याम्पस मकवानपुरमा श्याम कडेल, मनहरी बहुमुखी क्याम्पस, मकवानपुरमा नकुल अर्याल विजयी भएका छन् ।  अखिल क्रातिकारीका प्रवक्ता सुरेन्द्र बस्तेनले ३८ स्थानमा विजयी भएको जानकारी दिए  । 
बाजुरा– स्वतन्त्र विद्यार्थी युनियनको बडिमालिका क्याम्पसमा नेपाल विद्यार्थी सङ्घका दीलबहादुर थापा विजयी भएका छन् । नेपाल विद्यार्थी सङ्घले प्रत्यक्षतर्फका सबै स्थानमा जित हासिल गरेको निर्वाचन समितिले जनाएको छ ।
बनेपा– काभ्रेपलाञ्चोकका नौवटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा मिश्रित परिणाम आएको छ । जिल्लाका दुई क्याम्पसमा विवादका कारण स्ववियु निर्वाचन स्थगन भएको छ भने दुई क्याम्पस प्रकाश क्याम्पस भुम्लुटार र कानपुर क्याम्पस कानपुरमा सर्वसम्मत स्ववियु चयन भएको छ ।त्यस्तै डेडीथुम्का क्याम्पसमा अनेरास्ववियुका शालिकराम पराजुलीको प्यानल, प्रभा बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका विनोद चौलागाइको संयुक्त प्यानल, दाप्चाकृष्ण बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका अमृत अधिकारीको संयुक्त प्यालन, चैतन्य बहुमुखी क्याम्पस बनेपामा नेपाल विद्यार्थी सङ्घका माधव शर्माको संयुक्त प्यानल विजयी भएको छ ।

त्यस्तै पार्वती बहुमुखी क्याम्पस, ढुङखर्कमा नेविसङ्घका पुरुषोत्तम तिमल्सीनाको प्यानल, मङ्गलजन विजय क्याम्पस, मङ्गलटारमा नेविसङ्घका भीमकुमार श्रेष्ठको प्यानल, सञ्जीवनी कलेज धुलिखेलमा अनेरास्ववियुका रमेश सिंह ठकुरी, जनक क्याम्पस भकुण्डेमा अनेरास्ववियुकी सरला दाहालको प्यालन, कुशादेवी क्याम्पस, कुशादेवीमा अनेरास्वियुकी मन्दिरा घिमिरेको प्यानल विजयी भएका छन् ।

सिन्धुली– सिन्धुलीका पाँचवटा क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ ।

निर्वाचनबाट भिमेश्वर बहुमुखी क्याम्पस खुर्कोटमा अनेरास्ववियु, सरस्वती बहुमुखी क्याम्पस डकाहामा अनेरास्ववियु, गौमती बहुमुखी क्याम्पस माडीबजारमा अनेरास्ववियु, सिद्धज्योति शिक्षा क्याम्पस फोस्रेटारमा अनेरास्ववियु र राप्रपा विद्यार्थी सघङ्, लाम्पान्टार बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी र नेविसङ्घको संयुक्त प्यानले जित हासिल गरेको छ ।

सिन्धुलीमा १६ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुनुपर्नेमा विद्यार्थी सङ्गठनका विवादका कारण ११ वटा क्याम्पसमा निर्वाचन हुन सकेन ।

डडेल्धुरा –डडेल्धुराको जोगबुढास्थित त्रिवेणी बहुमुखी क्याम्पसमा नेपाल बिद्यार्थी सङका कृष्ण धामीको प्यानल विजयी भएको छ ।

तेह्रथुम– तेह्रथुमको जिरिखिम्ती र छथर बहुमुखी क्याम्पसमा आज भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी सङ्ले जितेको छ ।

एक त्रिवि आङ्गिक क्याम्पससहित छवटा क्याम्पस रहेको जिल्लाका तेह्रथुम बहुमुखी, म्याङलुङ बहुमुखी, बसन्त बहुमुखी र ह्यात्रुङ झरना क्याम्पसमा भने विद्यार्थी सङ्गठनको विवादका कारण निर्वाचन हुन सकेन ।

मुगु–मुगु जिल्लास्थित रारा बहुमुखी क्याम्पसमा आज भएको स्वतन्त्र विद्याथी युनियनको निर्वाचनमा एमाले सर्मथक विद्यार्थी सङ्गठन अनेरास्ववियुका चन्दप्रकाश मल्लको प्यानल विजयी भएको छ ।

बिर्तामोड– झापाका नौवटा क्याम्पसमा आज भएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मतदात सम्पन्न भएको छ ।

हालसम्मको प्राप्त मत परिणामअनुसार गौरीगञ्ज उमाविमा नेविसङ्घका देवकुमार ताजपुरिया, गरामनी क्याम्पसका नेविसङ्घका विनोद उप्रेती, गौरादह क्याम्पसमा अनेरास्ववियुका कमल पौडेल, त्रिदेव क्याम्पस चारआलीमा अनेरास्ववियुकै लक्ष्मी न्यौपाने र काँकरभिट्टा क्याम्पसमा नेविसङ्घका सुरज सुवेदी अध्यक्षमा विजयी भएका छन् ।

त्यस्तै मेची बहुमुखी क्याम्पस भद्रपुर, देवी उमावि र कनकाई क्याम्पस बिर्तामोड, कनकाई क्याम्पस सुरुङ र दमक बहुमुखी क्याम्पसमा मत गणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

पोखरा– पृथ्वीनारायण क्याम्पसबाहेक पोखराका अन्य पाँचवटा क्याम्पसमा भएको आजको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

पोखराका पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस, नर्सिङ क्याम्पस, वनविज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस, जनप्रिय क्याम्पस र विन्दुवासिनी संस्कृत विद्यापीठमा आज स्ववियु निर्वाचन भएको थियो ।

विन्दुवासिनी संस्कृत विद्यापीठमा नेपाल विद्यार्थी सङ्घ विजयी भएको छ भने अन्यमा मतपरिणाम आएको छैन ।

सोलुखुम्बु– आज सोलुखुम्बुका विभिन्न क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल बिद्यार्थी सङ्घले बर्चस्व कायम गरेको छ । जिल्लामा रहेका पाँच क्याम्पसमध्ये तीनवटामा नेविसङ्घ, एउटामा अनेरास्ववियुको प्यानल विजयी भएको छ भने एउटामा निर्वाचन स्थगित भएको छ ।

निर्वाचन परिणामअनुसार सोलुुखुम्बु बहुमुखी क्याम्पस सल्लेरीमा नेपाल विद्यार्थी सङ्घ, हिमालदर्शन क्याम्पस नेचाबतासेमा उद्योग राईको सभापतित्वमा नेविसङ्घकै प्यानल दुधकोसी बहुमुखी क्याम्पस सल्यानमा मिलन केसीको सभापतित्वमा नेविसङ्घको प्यानल निर्विरोध चयन भएको छ ।