लगानी बढाउन सक्ने अवस्थामा वैंकहरु पुगिसकेका छन् — ज्ञानेन्द्रप्रसाद ढुङगाना ,प्रमुख कार्यकारी अधिकृत ,नेपाल वंगलादेश बैंक

नेपालको बैंक तथा वित्तीय क्षेत्र पछिल्लो समयमा निकै चर्चामा छन् । यस क्षेत्रमा शुरु भएको पुँजी वृद्धिको योजना, लगानी योग्य रकमके अभाव, कर्जा र निक्षेपवीचको चर्को ब्याजदर अन्त आदिले यो क्षेत्रलाई चर्चामा ल्याएको हो । यही सन्दर्भमा हामीले नेपाल वंगलादेश बैंकका प्रमूख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुङगानासँग बैंकिङ क्षेत्रको विद्यमान अवस्थाका सन्दर्भमा कुराकानीको संक्षेप ।
बैंकिङ क्षेत्रको विद्यमान अवस्था कस्तो छ ?
बैंकिङ क्षेत्रमा अहलिे त्यस्तो खासै ठूलो परिवर्तन त केही आएको छैन । पहिला जस्तो थियो, अहिले पनि त्यस्तै हो । यद्यपी भर्खरै मौद्रिक नीतिको मध्यावधी समिक्षा आएको छ । यसले अलिकति के देखाएको छ भने प्राइवेट सेक्टरमा अलिकति कर्जाको विस्तार, निक्षपको भन्दा अलि बढी भएको छ । जसले गर्दाखेरि लगानी योग्य रकमको अलिकति घर्षण पैदा भएको भनौं न राष्ट बैंकको सन्दर्भमा । अन्य कुराहरु त सबै सामान्य नै छ । सबै बैंकहरु, वित्तिय संस्थाहरु यो चालु आर्थिक वर्षको अन्त्यसम्ममा राष्ट बैंकले तोकेको पूंजी पु¥याउन मा नै व्यस्त छन् ।
बैकिङ क्षेत्रमा लगानी योग्य पुँजीको अभाव देखयो । यस्तो चाँहि कसरी भयो ?
तरलताको अभाव त होइन । सम्पूर्ण बैंक र वित्तिय संस्थाहरुसँग प्रसस्त तरलता छ । यो लगानी योग्य रकम कम भएको अथवा बैंकहरुले आफुले लगानी गर्न सक्ने अप्टीमम सीमामा पुगेको हो । र यो एकाएक भएको होइन । क्रमिकरुपमा यो चालु आवको पहिलो छ महिनाको कर्जाको वृद्धिदर र निक्षपको वृद्धिदरमा आएको अलिकति ग्याभले गर्दाखेरि यस्तो भएको हो । बैंकहरुको आफ्नो पुंजी पनि वृद्धि भयो । बैंकहरुले आफ्नो व्यवसायको आकार पनि बढाउँदै लगे । यो वर्ष बजेट पनि समयमा नै आएको थियो । यो वर्ष बजेट १५ जेठ भित्र नै आएको थियो गत साल । बैंकहरुले के सम्झिए भने समयमै बजेट आएको छ । सरकारले समयमै खर्च गर्छ । र आर्थिक अरु इन्डिकेटरहरु राम्रो छ । लगानीको वातावरण छ । भने पछि लगानी क्रमिक रुपम बढ्दै गयो । तर, त्यो हिसावले सरकारले समयमा खर्च गर्न सकेन । रेमिट्यान्सको वृद्धिदरमा पनि केही कमी आयो । जसले गर्दा खेरि निक्षपको वृद्धिदर पनि लगानीसँग सँगसँगै उठ्न सकेन । त्यो कारणले गर्दाखेरि लगानीयोगय रकम कम भएको हो । तर, भर्खरको मौद्रिक नीतिले पनि केही पोलिसिगत छुटहरु पनि घोषणा गरेको छ । जस्तै, विपन्न वर्गमा प्रत्यक्ष रुपमा प्रवाह गरेको दुई प्रतिशत कर्जा र उत्पादनशिल क्षेत्रमा प्रवाह गरेको कर्जाको आधा असार मसान्तसम्ममा चाँहि त्यो रेसियोमा काउन्ट नगर्ने हो भने पछि थप लगानी योग्य कर्जा चाँहि बैंकिङ क्षेत्रमा असार मसान्तमा आइसकेको छ ।
यस्तो हुँदैछ भन्ने दुई चार महिना पहिले तपाईहरुलाई थाहा हुँदैन थियो ?
होइन, भविष्य फोरकाष्ट गर्ने कुरा हामी केही केही क्यालकुलेट गर्न सक्छौं । तर, ठ्याक्कै यहि आवस्था आउँछ, सरकारले खर्च नै गर्न सक्दैन । विदेशबाट आउने र्यामिट्यान्समा पनि वृद्धि हुँदैन । भन्ने कुराको फोरकाष्ट गर्न चाँहि गाह्रो हुन्छ । तर, कर्जाको वृद्धिदर, निक्षेपको वृद्धिदरमा बढी भइसकेपछि दुई चार महिना अगाडी देखि नै यो कुरा थाहा भएकै कुरा हुन् । दुई चार महिना अगाडी तपाईहरुले थाहा पाउन भएन, त्यो दोस्रो कुरा हो । अहिले आएर थाहा पाउनु भयो, पत्रिकाबाजी धेरै भयो त्यो अलग कुरा हो । तर, जुन हिसावमा पत्रपत्रिकामा आएको त्यस्तो आवस्था पनि होइन । यो एउटा समय अनुसार चल्ने चक्र हो, यस्तो भइरहन्छ ।
हाल जुन किसिमको समस्या छ, यो कहिलेसम्म निरन्तर रहन्छ ?
होइन, तपाई आज भन्दा एक महिना अगाडीको आवस्था र अहिलेको आवस्थामा नै धेरै सुधार भइसकेको छ । एउटा त नीतिगत परिवर्तनको सुधार भइसक्यो । दोस्रो अहिले पछिल्लो चरण एक डेढ महिना देखि हेर्नु भयो भने कर्जाको विस्तार भन्दा निक्षेपको चाँहि वृद्धिदर क्रमिक रुपमा बढिरहेको छ । त्यो हिसावले आगामी एकडेढ महिनामा यो आवस्था सामान्य हुन्छ जस्तो मलाई लाग्छ ।
बैंकहरुले जानी जानी नाफा बढी देखाउन चलखेल गर्दछन् भन्छन् नि ?
त्यो चाँहि गफ हो । त्यो गलत हो । बैंकहरुले नाफा कमाए भनेर त्यसलाई अन्यथा लिनु पनि गलत हो । हामी बैंकहरु भनेको पुँजी परिचालन गर्ने संस्था हो । निक्षेप परिचालन गर्ने । हामीले निक्षप लिन्छौं, बीचमा केही प्रतिशत त्यसको मार्जिन राखेर आवश्यक क्षेत्रमा कर्जा प्रवाह गर्छौं । भनेपछि बैंक पनि पब्लिक डिपोजिटबाटै चल्ने हो । हामी ट्रान्सप्यारेन्ट छौं । हाम्रा आम्दानीका स्रोत पनि ट्रान्सप्यारेन्ट नै छन् । हाम्रा खर्चका स्रोत पनि ट्रान्सप्यारेन्ट छन् । एउटा चाँहि रेगुलेटेड सेक्टर हो । राष्ट्र बैंकले पनि रेगुलेट गरिराखेको हुन्छ । राज्यले पनि रेगुलेट गरिराखेको हुन्छ । तपाईहरु जस्तो मिडियाले पनि गरिराखेको हुन्छ । अब बैंकले नाफा कमाएन, भोली पब्लिक निक्षेप कर्ताको निक्षेप नै समस्यामा गयो, बैंक बिग्र्यो भनेर तपाईहरु नै खेद्नु हुन्छ बैंकलाई । बैंकले नाफा कमायो, राम्रो ग¥यो राज्यलाई यति कर ति¥यो भनेर पनि तपाईहरु नै खेद्नु हुन्छ । भनेपछि बैंकहरुले चाँहि गर्ने के ? भनेपछि बैंकहरुले नाफा कमाउनु पर्छ । तर, स्वस्थ नाफा कमाउनु पर्छ । पुँजीको आकार अनुसारको नाफा कमाउनु पर्छ ।
राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीच ट्युनिङ नमिलेको हो पछिल्लो समयमा ?
होइन, होइन, त्यस्तो होइन । राष्ट्र बैंकले आफ्नो दायित्व अन्तरगत क्रमिक रुपमा, मतलव टाइम इन्टरवलको हिसावले निरिक्षण गरिराखेको हुन्छ । लागातार पनि गरिराखेकोक हुन्छ अफसाइडको हिसावले । अनसाइडमा पनि उहाँहरुले रेगुलर्ली वर्षै पिच्छे गरिराखेको हुन्छ । तर, अब हामी पनि नेपाल राष्ट्र बैंकको नीति निर्देशन भित्रै बसेर काम गर्ने हो । काम गर्दा गर्दै कहिले काँहि तलमाथि हुन्छ त्यो भिन्नै कुरा हो । तर, ओभरल बजारको परिस्थिति, निक्षेप एउटा बैंकबाट अर्कोमा सर्ने, अर्कोबाट अर्कोमा सर्ने, यो चाँहि इमान र व्याजदरको आधारमा व्याजदर परिवर्तन हुन्छ । राष्ट्र बैंकले पनि सिमा तोकेको छ । निश्चित प्रोडक्टहरुमा यो भन्दा बढी फरक नहुने गरि, दुई प्रतिशत भन्दा बढी नहुने गरि तोकेको छ । तर,व्याजदर यति नै हुनुु पर्छ भनेर त बजारलाई छुट दिएको छ । बजारले डिमान्ड र सप्लाइको आधारमा तलमाथि त भई नै रहन्छ । हिजोको दिनमा हेर्नु न जब बजारमा चाँहि पुँजी प्रसस्त भयो त्यति खेर बैंकहरुले ६ प्रतिशत ७ प्रतिशतमा हामीले लगानी ग¥यौं । त्यतिखेर यी अहिलेका उद्योगी व्यापारीहरु यो पुँजी त एकदमै सस्तो आयो । अब हामी यो इनडस्ट्री गर्छौं, यो इन्डस्ट्री गर्छौं भनेर कोही आएनन् ।
अहिले कुन क्षेत्रमा बढी ऋण प्रवाह भएको छ बैंकबाट ?
पछिल्लो चरणमा भन्ने हो भने त मैले अघि पनि भने उत्पादनशील क्षेत्रमा नै बैंकहरुले कर्जा लगानी गरिरहेका छन् । पहिले नै कमिटमेन्ट गरिसकेका कन्सिट्युम कर्जाहरु लगायतका कर्जाहरु हामीले दिइनै राखेका छौं । किन भने व्यापारको चक्रमा निश्चित स्टेजमा पुगिसकेपछि त रोक्ने कुरा पनि हुँदैन । त्यस्तो क्षेत्रमा हामीले नाई पनि भनेका छैनौं र दिई नै राखेका छौं । धेरै चाँहि उत्पादन क्षेत्र, हाइड्रो, कृषि र टुरिज्मलगायतका क्षेत्रमा फोकस भएका छौं । साथसाथै ट्रेडिङ लगायत अन्य कुराहरुका लगानीका क्षेत्रमा पनि लगानी भई नै रहेको छ ।
अहिले सेयर बजार व्यापकरुपमा घटिरहेको छ, एउटा बैंकरको नाताले यसलाई तपाईले कसरी हेर्नु भएको छ ?
यो पनि एउटा फ्रि मार्केट इकनोमीको एउटा परिमाण हो । स्टक मोर्कट पनि एउटा इन्डिकेटर हो । यसका आफ्नै विशेषताहरु छन् । हिजोका आवस्थामा बजारमा तरलताप्रसस्त थियो । सस्तो व्याजदरमा कर्जा पाइन्थ्यो । त्यो भएर अलिकति स्टक बढेको थियो । अनज तरलताको आवस्था अलिकति संकुचन आएको छ । जसले गर्दा कर्जाको व्याजदर अलिकति महंगो भयो । त्यसले गर्दाखरी अलिकति सेयर बजार पनि घट्यो होला । तर, योमात्रै कारण हैन स्टक मार्केटमा । कर्जाकै कारणले पनि घटेको म मान्दिनँ । त्यहाँ चाँहि अरु नै कारण हरु छन् । त्यहाँ लगानी कर्ताको मनोवलका कारणले पनि घटेको हुनसक्छ ।
तर, मैले आफ्नो व्यक्तिगत रुपले भन्ने हो भने यो अझैँ घट्छ जस्तो मलाई लाग्दैन ।
अहिल तापइँ प्रमूख कर्यकारी अधिकृत रहनुभएको एनबी बैंकको आवस्था चाही कस्तो छ ?
समसामयिक असर हामीलाई पनि परेको छ । तर, समग्रमा भन्नुपर्दा नेपाल बङ्गलादेश बैंक वित्तियरुपमा निकै सक्षम छौं हामी । सुदृढ छौं । अहिले सिडिसि रेसियो अलिकति टाइट छ । नेपाल राष्ट्रबैंकको मनिटरी पेलिसी मार्फत आएका प्रावधानहरुले गर्दाखेरी हामी कम्फेर्टेबल छौं । हामीसँग लगानी योग्य पुँजी छ । लगानी गरिराखेकै छौं । र हामी पनि ८ अर्ब पुँजी पु¥याउने दौरानमा नै छौं । र यसकालागि हामीले ८० प्रतिशतको राइट सेयर जारी गर्ने प्रक्तियामा छौं । भर्खरै मात्रै मैले धितो पत्र बोर्डबाट स्वीकृत पाएर जे होस् ..होल्डरहरुलाई चाँहि पैसा जम्म गर्नुस् भनेर गत हिजो (बुत्रबार) मात्रै नोटिस जारी गरिसक्या छौं । आशा छ चैत्र भित्रमा हामीले यो प्रक्रिया पु्रा गरेर हाम्रो पुँज िचाँहि करिब ७ अर्ब २० करोडमा पु¥याउँछौं । र योृ असारको बोनस सेयरले हामी नेपाल राष्ट्रबैंक्ले तोको ८ अर्ब पुर्याएर चाँहि अगाडी बढ्छौं ।
बैंकको वित्तिय आवस्था कस्तो छ ?
वित्तिय आवस्था भन्दाखेरि अहिले हाम्रो करिब करिब डिपोजिट ४० अर्बको हाराहारीमा छ । ३७ अर्बको हाराहारीमा कर्जा छ । त्यस्तै नन फनिडङ विजनेस हाम्रो करिब २८ अर्बको हाराहरीमा छ । र नाफाको कुरा गर्दा लगभग ५४ करोड रुपैयाँ हाम्रो पहिलो ६ महिनाको नाफा छ । र यो आर्थिक वर्षमा लगभग १ अर्ब २० करोड रुपैयाँ पु¥याउने हाम्रो लक्ष्य छ । र हाम्रो लक्ष्यमा हामी पुग्ने छौं ।