अमेरिकामा हिमआँधी,न्युयोर्क र न्युजर्सीमा संकटकाल घोषणा

 

वासिङटन । स्टेला आँधीले ल्याएको हिमपातका कारण अमेरिकाको न्युयोर्क र न्युजर्सीमा संकटकाल घोषणा गरिएको छ । त्यहाँको मौसम विभागले भारी हिमपातले मैन, पेनसिल्भानिया, न्युयोर्क, न्युजर्सीका अधिकांश क्षेत्रमा असर पुर्याउन सक्ने चेतावनी दिएको छ । हिमपातका कारण विद्यालयहरु बन्द छन् भने हजारौं हवाइ उडान बन्द भएका छन् । हिमपातकै कारण मंगलबार हुने भनिएको जर्मन चान्सलर एन्जेला मर्केलको अमेरिका भ्रमण पनि शुक्रबारको लागि सारिएको बिबिसीले जनाएको छ ।
१०० किलोमिटर प्रतिघण्टा गतिको हावाहुरीसँगै आएको आँधीका कारण उत्तरपूर्वी अमेरिकामा ठूलो क्षति पुग्न सक्ने मौसमविदरुले बताएका छन् ।

चैत २ गते ।